इन्डोनेसियामा १० प्रतिशत भ्याट तिर्नुपर्ने टेक कम्पनीहरुको सूचीमा ट्वीटर र जुम पनि थपिए

Technology Khabar २४ भाद्र २०७७, बुधबार

इन्डोनेसियामा १० प्रतिशत भ्याट तिर्नुपर्ने टेक कम्पनीहरुको सूचीमा ट्वीटर र जुम पनि थपिए

काठमाडौं ।

इन्डोनेसियाले मंगलबार सामाजिक मीडिया फर्म ट्विटर र भिडियो कन्फरेन्सिंग साइट जूमलगायत थप १२ वटा कम्पनीहरूलाई इन्टरनेटमा आधारित व्यवसायको सूचीमा समावेश गर्दै उनीहरुले १० प्रतिशत मूल्य अभिवृद्धि कर अनिवार्य तिर्नुपर्छ निर्णय गरेको छ।

यसअघि जुलाईमा इन्डोनेसियाले अल्फाबेट इंकको गुगल एशिया प्रशान्त, नेटफ्लिक्स र फेसबुकसहित अन्य टेक कम्पनीहर्रू भ्याट लागि उत्तरदायी हुने घोषणा गरिसकेकोछ।

सरकारहरुले विश्वव्यापी रूपमा इन्टरनेटमा आधारित टेक जायन्टहरूले करको उचित हिस्सा तिर्ने सुनिश्चित गर्न खोजिरहेका छन्।

कोरेनाभाइरस र महामारीको बखत रिमोटबाट गरिने कामसँगै अनलाईन व्यवसायमा बढेको परिवर्तनको साथ सरकारी वित्तलाई असर गरेसँगै इन्डोनेसियाले नयाँ कदम चालेको हो।

मंगलबार भ्याट तिर्नुपर्ने सूचीमा नाम थपिएका कम्पनीहरूमा व्यवसायिक नेटवर्किंग साइट लिंक्डइन सिंगापुर, ट्विटरका दुई इकाई, स्काइप कम्युनिकेशन्स, जूम भिडियो कम्युनिकेशन्स, एन्टिभाइरस प्रदायक म्याक्याफी आयरल्यान्ड, र माइक्रोसफ्ट आयरल्याण्ड अपरेशन्स थिए।

इन्डोनेसियाको कर कार्यालयले खेल विकासकर्ता मोजाङ्ग एबी, स्ट्रीमिङ्ग प्लेटफार्म नोवी डिजिटल एन्टरटेन्मेन्ट र पीसीसीडब्ल्यू भूक्लिप (सिंगापुर) का साथै डिजिटल बजार जिंगडोङ्ग इन्डोनेसिया पर्टामा र शोपि इन्टरनेशनल इन्डोनेसियालाई समेत समावेश गरेको छ।

कम्पनीहरूले अक्टुबर १ देखि विज्ञापनदाताहरू र अन्य ग्राहकहरूलाई भ्याट चार्ज गर्न सुरु गर्नुपर्छ।

यस बर्षको प्रारम्भमा ल्याईएका नियमहरु बमोजिम गैर आवासीय विदेशी कम्पनीहरु जसले कम्तिमा १२,००० प्रयोगकर्ताहरुबाट इन्डोनेसियामा डिजिटल उत्पादन र सेवाहरुका लागि कम्तिमा ६०० मिलियन रूपियाहको वार्षिक बिक्री उत्पादन गर्दछ उनीहरुले भ्याट तिर्नु पर्छ। एजेन्सीका साथ

easy care

प्रकाशित: २४ भाद्र २०७७, बुधबार