भिभोले विकास गर्यो नयाँ क्यामरा सेन्सर प्रविधि, परम्परागत सेन्सर भन्दा १६० प्रतिशत प्रकाश लिने

Technology Khabar २३ भाद्र २०७७, मंगलवार

भिभोले विकास गर्यो नयाँ क्यामरा सेन्सर प्रविधि, परम्परागत सेन्सर भन्दा १६० प्रतिशत प्रकाश लिने
Classic Tech
Nepal Telecom

स्मार्टफोन बजारमा शक्तिशाली र नयाँ प्रयोगसहितका क्यामराको उपयोग बढिरहेको छ । लगभग सबैजसो कम्पनीहरुले क्यामरा टेक्नोलोजीलाई स्मार्टफोनमा उच्च प्राथमिकतामा राखेका छन् ।

यहि बेलामा अधिकतम मेगापिक्सेलको प्रतिस्पर्धामात्र चलिरहेको स्मार्टफोन बजारमा चिनियाँ कम्पनी भीभोले विगतका वर्षहरुदेखि नै नयाँ सेन्सर विकास गरिरहेको दाबी गरेको छ।

कम्पनीले अहिलेका क्यामराहरुले तस्विर लिँदा न्यून प्रकाश भएको स्थानको तस्विर मधुरो वा धमिलो हुने गरेकोमा भीभोको नयाँ सेन्सरले निकै उज्यालो तस्विर लिनसक्ने दाबी गरेको छ ।

कम्पनीले आरजीबीडब्लू अर्थात (रेड,ग्रिन,ब्लु र ह्वाइट कलर) समायोजन गर्ने किसिमको क्यामरा सेन्सर विकास गरिरहेको दाबी गरेको छ।

यो सेन्सरले अहिलेको परम्परागत क्यामरा सेन्सरहरु (आरजीजीबी अर्थात रेड, ग्रीन,ग्रीन ब्लू) भन्दा १६० प्रतिशत थप प्रकाश संकलन गर्न सक्ने बताईएको छ ।

यो सेन्सरले अहिलेको ह्वावेको सेन्सर भन्दा थप १५ प्रतिशत प्रकाश संकलन गर्न सक्ने भीभोको दाबी छ । ह्वावेले आरवाईवाईबी अर्थात रेड, यल्लो, यल्लो र ब्लू) कलर म्याट्रिक्स प्रयोग गर्दछ ।

नयाँ परियोजना सफल भएमा परम्परागत क्यामरा सेन्सरको तुलनामा सय प्रतिशतले फोटो सेन्सेटिभ किफायती हुने बताएको छ।

कम्पनीकाअनुसार यो सेन्सरसहितको स्मार्टफोन हाल विकासको चरणमा रहेको छ भने नयाँ सेन्सरसहितको फोन सन् २०२१ भित्र बजारमा पुग्ने भिभोले विश्वास व्यक्त गरेको छ।

स्मार्टफोनमा भीभोले भनेजस्तो आरजीबीडब्लू युक्त सेन्सर प्रयोग हालसम्म भएको भएपनि सोनीले यसअघि नै आफ्नो एक्सपेरिया फोनहरुमा आरजीबीडब्लू कलर फिल्टर प्रयोग गरिसकेको छ ।

नयाँ सेन्सरका साथमा कम्पनीले नेशनल जोग्राफीसँग मिलेर भिजन प्लस मोबाइल फोटोग्राफी अवार्डको घोषणा गरेको छ । यसमा मोबाइल फोन प्रयोगकर्ताहरुले आफूले खिचेको फोटोहरु पठाउन सक्नेछन र अवार्ड हात पार्न सक्नेछन् । एजेन्सीका साथ

TK Viber

प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

Loading...