सामसङले पायो अमेरिकी मोबाइल अपरेटर भेरिजनको ५जी टेलिकम उपकरणको अर्डर

Technology Khabar २३ भाद्र २०७७, मंगलवार

सामसङले पायो अमेरिकी मोबाइल अपरेटर भेरिजनको ५जी टेलिकम उपकरणको अर्डर

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले भेरिजोनलाई ५जी टेलिकम्युनिकेसन उपकरण आपूर्ति गर्न ६.६ अर्ब अमेरिकी डलरको अर्डर प्राप्त गरेको घोषणा गरेको छ ।

यस सम्झौताले दक्षिण कोरियाली कम्पनीलाई अमेरिकामा आफ्नो उपस्थिति बिस्तार गर्ने मार्ग प्रशस्त गरेको छ किनकि उसको चिनियाँ प्रतिद्वन्दी ह्वावे टेक्नोलोजी विश्वको सबैभन्दा ठूलो टेलिकम बजारमा प्रतिबन्धित रहेको छ ।

यसका साथै सामसङले नोकियालाई पनि प्रतिस्पर्धामा पछाडि पारेको छ ।

सामसङको स्थानीय एकाई सामसङ इलेक्ट्रोनिक्स अमेरिकाले सेप्टेम्बरमा भेरीजोन कम्युनिकेसनको सहायक कम्पनी भेरिजन सोर्सिङ्गसँग २०२५ सम्म वायरलेस क्यारियरका लागि नेटवर्क उत्पादनहरू प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यसमा कम्पनीको ५जी मोबाइल दूरसंचार उपकरणहरू उपलब्ध गराउने, स्थापना गर्ने र संरक्षण गर्ने काम पनि समावेश छ ।

भेरिजोन जस्ता प्रमुख दूरसंचार कम्पनीहरूले खर्चको ठूलो हिस्सा नेटवर्कको विभिन्न भागहरू निर्माण गर्न रेडियो सम्झौताको साथ धेरै आपूर्तिकर्ताहरू प्रयोग गर्दछन। एजेन्सी

easy care

प्रकाशित: २३ भाद्र २०७७, मंगलवार