सामसङ सन् २०२० मा पनि विश्वको नम्बर एक स्मार्टफोन निर्माता कम्पनी हुने

Technology Khabar २३ भाद्र २०७७, मंगलवार

सामसङ सन् २०२० मा पनि विश्वको नम्बर एक स्मार्टफोन निर्माता कम्पनी हुने
Classic Tech

स्ट्राटेजिक एनालिटिक्सले पछिल्लो त्रैमासिकको रिपोर्ट बाहिर ल्याएको छ र यसले बजार कसरी यस बर्ष अगाडि बढ्नेछ र अर्को बर्षमा के अपेक्षा गर्न सकिन्छ भनेर सुक्ष्म जानकारी दिन्छ।

यसको महत्वपूर्ण विषय भनेको भनेको बजारमा सोचेभन्दा छिटो सुधार भईरहेको छ, यसैले विश्वव्यापी स्मार्टफोन बिक्रीमा अघिल्ला पूर्वानुमान गरिएको १५.६ प्रतिशत गिरावटको सट्टा बजार लगभग ११ प्रतिशत मात्र कमीको सामना गर्नु पर्नेछ। अमेरिका, यूरोपियन र भारतीय बजारहरू यसका मुख्य कारकहरू हुन्।

स्मार्टफोनको बिक्रीमा कमीआईरहेको अवस्थामापनि सामसङले पुन आफु ससक्तरुपमा बिक्रीदरमा रहेको देखिएको छ । यो प्रक्षेपण गरिएको छ की कम्पनीले यो वर्ष कुल २६५.५ मिलियन स्मार्टफोनहरु शिपमेन्ट गर्दै २१ प्रतिशत बजार लिनेछ ।

यसका साथै दोस्रो स्थानमा ह्वावेले १९२.७ मिलियन यूनिट बिक्री गरेर दोस्रो स्थान हासिल गर्नेछ भने त्यसपनि एप्पल १९०.१ मिलियन यूनिट बिक्री गर्दै १५.३ प्रतिशत बजार हिस्सा लिएर तेस्रो हुनेछ ।

तर सन् २०२१ मा भने यो अनुमान निकै फरक हुने देखिएकोछ । सो अवधिमा एप्पल र सामसङको तुलनामा ह्वावेको बिक्री उच्चदरमा घटेर ५९ मिलियन यूनिटमा झर्ने प्रक्षेपण गरिएको छ ।

यदपि २०१९ को विश्व बजार बिक्रीको १.४१ अर्ब यूनिटको तुलनामा सन् २०२२ मा सो बिक्री हासिल हुनेछ । विशेषगरि ५जी र फोल्डेबल स्मार्टफोनको ससक्त बजार बिक्री र मागले यसलाई उठाउनेछ । जीएसएमएरेना

प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

Leave a Reply

Loading...