भारतद्धारा ‘हाइपरसोनिक टेक्नोलोजी डेमोन्सट्रेटर भेहिकल’ को सफल प्रक्षेपण

Technology Khabar २३ भाद्र २०७७, मंगलवार

भारतद्धारा ‘हाइपरसोनिक टेक्नोलोजी डेमोन्सट्रेटर भेहिकल’ को सफल प्रक्षेपण
Classic Tech

भारतको रक्षा अनुसन्धान र विकास संगठनले सोमबार हाइपरसोनिक टेक्नोलोजी डेमोन्सट्रेटर वाहनको एक उडान परीक्षण सम्पन्न गरेको छ।

यसले हाइपरसोनिक एयर-ब्रिजिंग स्क्र्यामजेट टेक्नोलोजी सफलतापूर्वक प्रदर्शन गर्‍यो।

यसको सहयोगमा भविष्यमा हाइपरसोनिक क्रूज मिसाइलहरू र सवारी साधनहरूको विकास गरिनेछ।

डीआरडीओले यो मिसनलाई एक ऐतिहासिक कार्य भएको बताएको छ। डीआरडीओले ट्वीट गरेर भन्यो, ‘यो मिशन संग, यो साबित भयो कि डीआरडीओ धेरै जटिल प्रविधिको क्षेत्रमा राम्रो प्रदर्शन गर्न सक्छ।’

अर्कोतर्फ, डीआरडीओका अध्यक्ष जी. सतीश रेड्डीले भने कि यसमा भारतले यस प्रविधि प्रदर्शन गर्ने सिमित देशहरूमध्ये भारत पनि समावेश भएको बताए ।

डीआरडीओले हाइपरसोनिक टेक्नोलोजी प्रदर्शन वाहनको प्रयोग गरी एक मिसाइल उडाएको थियो जुन वायुमण्डलमा गयो र माक ६ सम्मको गति प्राप्त गरेको थियो।

सुपरसोनिकको अर्थ ध्वनिको वेग भन्दा छिटो हुन्छ (माक-१)। र हाइपरसोनिक गति भनेको सुपरसोनिक भन्दा कम्तिमा पाँच गुणा बढी वेग हुन्छ । यसको गतिलाई माक-५ भनिन्छ, यो आवाजको गतिको पाँच गुणा हो।

हाइपरसोनिक गति भनेको त्यो गति हो जहाँ हावामा तिब्रगतिमा गईरहेको वस्तुको वरिपरीका हावामा रहेका अणुको अणुहरू पनि टूटने र विघटन हुन्छन।

डीआरडीओकाअनुसार प्रक्षेपण गरिएकव यान पहिले आकाशमा ३० किमी सम्म पुग्यो र त्यसपछि माक-६ को गति समातेको थियो । बीबीसी

प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...