भायनेट कम्युनिकेशन्स काम नगरी हिँडेपछि स्थानिय तहमा इन्टरनेट पुगेन, दैनिक कार्यमा समस्या

Technology Khabar २३ भाद्र २०७७, मंगलवार

भायनेट कम्युनिकेशन्स काम नगरी हिँडेपछि स्थानिय तहमा इन्टरनेट पुगेन, दैनिक कार्यमा समस्या
Classic Tech

बैतडीका चारवटा स्थानीय तहमा टेलिफोन र इन्टरनेट सेवा नहुँदा दैनिक कार्यसम्पादनमा समस्या भएको छ । पुरचौडी नगरपालिकामा घाम लागेको दिन मात्र नेपाल टेलिकमको टावरले काम गर्ने गरेको छ।

सोलारबाट सञ्चालित नेपाल टेलिकमको टावरले काम लागेको दिन मात्र काम गर्ने गरेको पुरचौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले बताए।

बैतडीका सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका र शिवनाथ गाउँपालिकामा नेपाल टेलिकमको टेलिफोन र ईन्टरनेट सेवाले काम गर्दैन ।

जिल्लाका यी पालिकामा भायनेटको सेवा विस्तार गर्न सरकारले रकम दिए पनि सेवाप्रदायक भायनेट कम्पनी काम नगरी हिँडेको पञ्चेश्वर गाउँपालिकाका–२ नम्बर वडा अध्यक्ष दशरथ मंगोलाले बताए ।

नेटले काम नगरेपछि भायनेट कम्पनीसँग गुनासो राख्न बैतडीबाट काठमाडौं आएर लकडाउनमा फसेको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, डिलासैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको केन्द्रमै नेपाल टेलिकमको मोबाईल फोन लाग्दैन ।

पञ्चेश्वर गाउँपालिकामा नेपाली फोन र ईन्टरनेटको पहुँच नहुँदा भारतीय सिम प्रयोग गरेर टेलिफोन गर्नुपर्ने बाध्यता रहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

स्थानीय तहका धेरै जसो कामकाज अनलाइन माध्यमबाट गर्नेु पर्ने भएकाले इन्टरनेटको सुविधा नहुँदा समस्या हुनेगरेको स्थानीय तहले बताएका छन् ।

मन्त्रालयबाट आएका सूचना तथा जानकारीहरु पनि ढिला गरेर प्राप्त हुने गरेकाले कामकाजमा ढिलाई हुनेगरेको पञ्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ  नेपाल टेलिकमको पहुँच प्रभावकारी नहुँदा भारतीय सिमबाट इनटरनेट चलाउनु पर्ने रत्यसले पनि राम्रोसंग काम नगर्ने भएकाले दैनिक कार्यसम्पादनमा समस्या हुने गरेको छ ।

नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले चालु आर्थिक वर्षमा नेपाल टेलिकमले पुरचौडी नगरपालिकाको हाट, सिगासको गुगुल्टे, सुर्नया, पाटन, कटौजपानी, लगायत आठ ठाउँमा टावर विस्तार हुने जानकारी दिए। बैतडी टेलिकम प्रमुख कार्कीले टावर विस्तार भइसकेकपछि फोन र ईन्टरनेटको समस्या समाधान हुने बताए ।

आजको गोरखापत्रबाट

प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...