Technology Khabar २३ भाद्र २०७७, मंगलवार
इटालीको एन्टिट्रस्ट प्राधिकरणले सोमबार क्लाउड कम्प्युटिङ्ग सेवाहरूको बारेमा गूगल इंक, एप्पल इंक र ड्रपबक्स इंकको विरुद्ध अनुसन्धान शुरु गरेकोछ।
‘कार्यवाही कथित अनुचित व्यावसायिक अभ्यास र करार शर्तमा अनुचित धाराको सम्भावित विषय समावेश सम्बन्धित छ,’ आधिकारिक निकायले एक विज्ञप्तिमा भन्यो।
नियमनकारी निकायले यस विषयमा कुल ६ वटा अनुसन्धान शुरु गरेको बताएको छ ।
यो अनुचित व्यावसायिक अभ्यासको आरोपको साथ साथै नियामकले इटालीको उपभोक्ता अधिकार निर्देशकको उल्लघनको गुनासो हेर्ने पनि जानकारी दिएको छ ।
प्रकाशित: २३ भाद्र २०७७, मंगलवार