एआई क्षमताको क्वाड क्यामरासहितको नोकिया ५.३ स्मार्टफोन नेपाली बजारमा

Technology Khabar २२ भाद्र २०७७, सोमबार

एआई क्षमताको क्वाड क्यामरासहितको नोकिया ५.३  स्मार्टफोन नेपाली बजारमा
Global IME Bank

काठमाडौं ।

बजारमा नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले “नोकिया ५.३” बजारमा ल्याएको छ ।

नोकिया फोनको उत्पादक संस्था एचएमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित बढी क्षमता समावेश गरिएको छ । नोकिया ५.३ मा विशेष खालको एआई क्षमताको क्वाड क्यामरा (AI-powered quad-camera) समावेश गरिएको छ। शक्तिशालि क्वाड क्यामराले वाइड एङ्गल र माइक्रोलेन्सबाट आकर्षक फोटो खिच्ने क्षमता राख्दछ ।

यसमा ६.५५ स्क्रीन भएकाले दिनभर अनलाईन भिडियो स्ट्रिमिङ्ग र गेमहरु आरामसँग खेल्न सकिन्छ । नोकिया ५.३ मा राखिएको व्याट्री शक्तिशाली एवं बलियो भएकाले लामो समयसम्म टिक्दछ।

नोकिया ५.३ का मनमोहक डिजाइनहरु यस्को मूल धरोहरबाट प्रेरित छन् । प्रयोगकर्ताका लागि छिटो छरिटोसँग मोबाइल चलाउनका लागि एण्ड्रोइड १० र गूगल एसिसटेन्टको छुट्टै बटन रहेको छ।

एचएमडी ग्लोबलका चीफ प्रोडक्ट अफिसर जुहो सर्भिकासले भने “नोकिया ५.३ हाम्रो लागि बिशिष्ट रहेको छ, किनभने किफायती मूल्यमा पहिलो पटक धेरै उच्चकोटिका फिचरहरु समावेश गरिएको छ । यो फोन मार्फत हाम्रो लक्ष्य हाम्रा प्रयोगकर्ताहरुका लागि बिभिन्न तरिकाबाट कन्टेन्टहरु बनाउन र मनोरञ्जन लिन सकोस भन्ने हो । यसमा नोकियाले पहिलो पटक स्न्यापड्रागन ६६५ मोबाइल प्लेटफर्म र एआई क्षमताको क्वाड क्यामरा समावेश गरेको ले यस्ले मनोरन्जनात्मक तथा रचनात्मक अवसरहरु प्रयोगकर्ताहरुमाझ पुर्याउने छ ।”

यसमा रहेको क्वाड क्यामराले हरेक क्षणलाई तस्बिर तथा भिडियोमा कैद गर्न सकिन्छ । यसमा रहेको १३ एम.पी क्षमताको क्यामेराले कुनैपनि अवस्थामा उत्कृष्ट फोटो लिन सकिन्छ भने माइक्रो तथा अल्ट्रा वाइड लेन्सबाट क्लोजअप अथवा वाइड फोटो लिन सकिन्छ । साथै कम उज्यालोमा पनि चाहे जस्तो आकर्षक फोटो खिच्न सकिन्छ ।

नोकिया ५.३ मा रहेको लार्ज स्क्रीनमा मूभि र एप्सहरु को बेग्लै रोमान्चक अनुभव हुनेछ । ६.५५” इन्च ठूलो स्क्रीन सजिलै हातमा बोक्न सकिने भएकोले भिडियो वा गेमहरु मजाले चलाउन सकिन्छ । नोकियाले आफ्नो मूल बिशेषता “दुई दिन व्याट्री लाइफ” यसमा पनि निरन्तरता दिएको छ ।

यसकारणले व्याट्री धेरै समय टिक्छ र चार्ज पनि छिटो हुनेछ । यसमा ४००० एम्.ए.एच् र ए. आई. असिसटेड एडप्टिभ व्याट्री फिचर पनि रहेको छ ।
नोकिया ५.३ ले विश्वव्यापी बजार बनाएको छ र २३ हजार ४९९ रुपैयाँ बजार मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २२ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया