Technology Khabar २१ भाद्र २०७७, आईतवार
नेपाल टेलिकमको सिस्टममा आज राती केहि समय अवरोध आउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
टेलिकमले बिलिङ्ग सिस्टम मर्मत संभारको क्रममा मध्यरात १२ बजेपछि करिब आधा घण्टा समस्या हुन सक्ने बताएको छ ।
कम्पनीकाअनुसार सो अवधिमा प्याकेज सब्सक्रिप्सन अर्थात सेवाको प्याकेज लिने कार्य र बाँकी रकम जान्ने सेवामा केहि समस्या आउन सक्ने जानकारी दिएको छ।
यसबाहेकका सेवाहरु भने यथावत रुपमा सुचारु हुने उल्लेख गरेको छ ।
कम्पनीले समय समयमा आफ्ना सिस्टमहरु अद्यावधिक गर्ने गरेको छ र यस्तो समस्या सिमित अवधिको लागि मात्र हुने गर्दछ ।
सिष्टम मर्मत सम्भार सम्बन्धी जरुरी सूचना।#NepalTelecom pic.twitter.com/RGpTsTCGuw
— Nepal Telecom (@ndcl_nt) September 6, 2020
प्रकाशित: २१ भाद्र २०७७, आईतवार