सामसङ ग्यालेक्सी एस२१ र एस२१ प्लसमा राखिने ब्याट्रीको जानकारी सार्वजनिक

Technology Khabar २१ भाद्र २०७७, आईतवार

सामसङ ग्यालेक्सी एस२१ र एस२१ प्लसमा राखिने ब्याट्रीको जानकारी सार्वजनिक
सामसङ ग्यालेक्सी एस२० सिरिज। फाइल

काठमाडौं ।

सामसङको ग्यालेक्सी सिरिजमा नयाँ फ्ल्यागशिप स्मार्टफोन अर्को वर्ष मात्र आउँछ तर अहिले देखि नै नयाँ सिरिजको चर्चा र जानकारीहरु आउन लागेका छन् ।

सामसङको ग्यालेक्सी एस२१ परिवारको फोनहरुको विशेषताहरुको बारेमा जानकारीहरु आउन शुरु गरिसकेका छन् ।

हालै ग्यालेक्सी एस२१ सिरिजको ब्याट्री क्षमताको बारेमा जानकारी आएको छ ।

कम्पनीले पाएको प्रमाणपत्रको डकुमेन्टअनुसार ग्यालेक्सी एस२१ र एस२१ प्लसको ब्याट्री र मोडल नम्बरको जानकारी सार्वजनिक भएको हो ।

जानकारीअनुसार एस२१ स्मार्टफोनमा ३,८८० एमएएच ब्याट्री हुनेछ भने यसको मोडल नम्बर एसएम जी९९१ राखिएको छ । त्यस्तै ग्यालेक्सी एस२१ प्लस को मोडल नम्बर एसएम जी९९६ छ भने यसको ब्याट्री ४,६६० एमएएचको हुनेछ।

डकुमेन्टले नयाँ विषय पनि जानकारी दिएको छ । जसअनुसार दुबै फोनको ब्याट्री कम्पनीले आफैं नबनाई चिनियाँ कम्पनीबाट लिएको छ । चिनियाँ कम्पनी निङ्गल एम्पेरेकस टेक्नोलोजी लिमिटेडले ग्यालेक्सी एस२१ सिरिजका फोनहरुको ब्याट्री बनाउने जिम्मा पाएको छ।

डकुमेन्टमा भएको ब्याट्रीको भ्यालु वास्तवमा फोनमा हुने ब्याट्री क्षमताभन्दा कम हुने गर्दछ । त्यसैले एस२१ प्लसमा ४,८०० एमएचको ब्याट्री र एस२१ मा ४,००० एमएएच क्षमता हुनसक्ने बताईएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २१ भाद्र २०७७, आईतवार