अमेजन शुरु गर्दा बेजोसलाई अभिभावकले कति रकम दिएका थिए ? बेजोसले गरे खुलासा

Technology Khabar २१ भाद्र २०७७, आईतवार

अमेजन शुरु गर्दा बेजोसलाई अभिभावकले कति रकम दिएका थिए ? बेजोसले गरे खुलासा
Global IME Bank

काठमाडौं ।

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस विश्वकै धनी व्यक्ति हुन् । यसका साथै उनको सम्पत्ति विगत ६ महिनादेखि निरन्तर वृद्धि हुँदै गएको छ ।

ब्लूमबर्ग बिलिनेयर्स इण्डेक्सकाअनुसार उनको सम्पत्ति १९४ अर्ब डलर रहेको छ ।

अमेजन डटकम पनि विश्वकै ठूला ईकमर्स कम्पनीमध्ये एक हो ।

बेजोसले अमेजनलाई सन् १९९४ मा स्थापना गरेका थिए । त्यसबेला उनले यसलाई केबल पुस्तक बेच्ने अनलाइन प्लेटफर्मको रुपमा ल्याएका थिए र बिस्तारै त्यसलाई बिस्तार गरेका थिए ।

जतिबेला उनले अमेजन स्थापना गरेका थिए त्यसबेला उनका अभिभावकहरुले केहि रकम दिएको उनले बताएका छन् ।

अमेजन स्थापना गर्ने समयमा उनका बाबुआमाले उनलाई २ लाख ४५ हजार ५७३ डलर दिएको बेजोसले बताएका हुन् ।

उनले किंग टिभीज इभनिंग म्यागाजिनलाई दिएको अन्तरवार्तामा उनी आफैं पनि तत्कालिन समयमा सो व्यवसायले काम गर्ने बारेमा अनिश्चित रहेको बताएका छन् । र उनले आफ्ना अभिभावकलाई उनीहरुले दिएको रकम कम्पनीमा गरेको लगानी पुरै गुम्ने बताएका थिए ।

उनको आमाले समेत उनलाई आफ्नो त्यसबेलाको जागिर नछोड्न भन्दै सप्ताहन्तमा र राती कामगर्न भनेकी थिईन् ।

उनको परिवारजस्तै उनीपनि आफ्नो अमेजनको व्यवसाय सफल हुनेमा निकै थोरै मात्र आशावादि थिए । मेरो विचारमा त्यसबेला केबल ३० प्रतिशत चान्समात्र थियो हामीले सफल कम्पनी बनाउनका लागि, बेजोसेले अन्तरवार्तामा भनेका छन् । उनले आफूले कहिलेपनि अहिलेको जस्तो अमेजन कम्पनी हुने कहिलेपनि नसोचेको र आफू यो पृथ्वीकै सबैभन्दा अचम्मित मानिस भएको बताए ।

त्यसबेला बेजोससँग न्यूयोर्कस्थित एउटा हेज फण्डिंगमा सुरक्षित जागिर रहेको थियो । जेभएतापनि उनले सो जागिर छोडेर अमेजनलाई आफ्नो ग्यारेजबाट बाहिर ल्याउँदै सियाटलमा सरेका थिए ।

त्यसबेला उनले अनलाइन पुस्तक बिक्री गर्ने माध्यमको रुपमा ल्याएका थिए । किनकी त्यसबेला इन्टरनेट भनेको निकै कम मात्र चर्चामा थियो भने त्यसबेला बार्नस र नोबल मात्र विश्वका ठूला ईकमर्श कम्पनी थिए । एजेन्सी

Sajilo Visa

प्रकाशित: २१ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया