ट्रम्प प्रशासनले चिनियाँ चिप निर्माता कम्पनी एसएमआईसीलाई कालोसूचीमा राख्न सक्ने

Technology Khabar २१ भाद्र २०७७, आईतवार

ट्रम्प प्रशासनले चिनियाँ चिप निर्माता कम्पनी एसएमआईसीलाई कालोसूचीमा राख्न सक्ने
Global IME Bank

काठमाडौं ।

अमेरिकी सरकारले चिनियाँ चिपमेकर कम्पनी एसएमआईसीलाई व्यापारिक प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

ट्रम्प प्रशासनले चिनियाँ कम्पनीहरुविरुद्ध लगातार प्रतिबन्ध लगाउँदै गएको क्रममा अमेरिकाको रक्षा विभागले सो चीनको टप चिपमेकर कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो।

यसको लागि रक्षा विभागले अन्य एजेन्सीहरुसँग काम गरिरहेको र सेमीकण्डक्टर म्यानुफ्याक्चरिङ्ग इन्टरनेशनल कर्पोरेसन(एसएमआईसी)को विरुद्धमा कदम चाल्ने रोयटर्सको रिपोर्टमा उल्लेख गरेको छ ।

ट्रम्प प्रशासनले हालसम्म चीनमा आधारित २७५ भन्दा बढि फर्महरुलाई कालो सूचीमा राखिसकेको छ । जसमा ह्वावे टेक्नोलोजीजदेखि, जेडटिई, हाईकभिजनसम्मका कम्पनीहरु छन् ।

एसएमआईसी चीनको सबैभन्दा ठूलो चिपमेकर कम्पनी हो भने यो ताइवानको टिएसएमसीपछिको दोस्रो ठूलो चिप उत्पादक हो ।

तर एसएमआईसीको विरुद्धमा किन सो कारबाही गरिँदैछ भन्ने आधिकारीक जानकारी दिईएको छैन् ।

उता कम्पनीले भने आफूहरुको चिनियाँ सेनासँग कुनै सम्बन्ध नरहेको बताएको छ । कम्पनीले आफ्नो आधिकारीक वीच्याट एकाउन्टमा विज्ञप्ति जारी गर्दै आफूहरुको सेनासँग कुनै सम्बन्ध नरहेको र त्यस्तो दाबी समेत झुटो भएको सिजिटिएनको रिपोर्टमा उल्लेख छ ।

कम्पनीले यस बारेमा अमेरिकी सरकारका एजेन्सीहरुसँग यसबारेमा कुराकानी गर्न खुला रहेको बताएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ भाद्र २०७७, आईतवार