मैथिलि टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न

Technology Khabar १९ भाद्र २०७७, शुक्रबार

मैथिलि टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न
Classic Tech

डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेशद्वारा निर्मित मैथिलि टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न भएको छ।

१७ गते बुधबार जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली सिरियलका निर्देशक संतोष लाल दासको अध्यक्षता तथा प्रदेश नं २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा औरहि गाँउपालिकाको वडा नं. २ स्थित देउरि परबाहामा सामाजिक दुरी कायम गरि सो कार्यक्रम भएको हो ।

कार्यक्रममा मिथिलाञ्चली टेलि सिरियलको प्रिमियर देखाईएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलाकार विनोदानन्दले मिथिलाञ्चली टेलि सिरियलको विशेषताको विषयमा प्रष्ट पारेका थिए ।

त्यस्तै डिशहोमका सुपरभाईजर शिवराम मंडलले डिशहोम नेटवर्क सदैव मैथिलि लोक कला संस्कृतिको पक्षमा रहि आएको र सदैब यसलाई संरक्षण एवं प्रवर्धन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश नं. २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र यादवले विजय लक्ष्मी मिडिया फाउन्डेशनद्धारा बनिरहेको यो मैथिलि सिरियलमा प्रदेश २ सरकारको सदैब साथ र सहयोग रहने बताए । यस टेलि सिरियलमा देखाईएको कथावस्तुले समाजमा परिवर्तनको संदेश दिने विश्वास व्यक्त गरे ।

विजय लक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालले प्रदेश सरकारको मुटु छुने काम गरेको बताए। साथै मन्त्री यादवले यस प्रदेशका कलाकारहरुका लागी छिट्टै प्रदेशस्तरिय चलचित्र विकास बोर्ड स्थापना गर्न विधेयक पास भईसकेको जानकारि गराए।

मैथिलि टेलि सिरियल मिथिलाञ्चली हरेक हप्ता शुक्रबार बेलुकी ८ बजे डिशहोमको च्यानल नं. ११९ भोजपुरी म्याजिकमा हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

Comments are closed.

Loading...