मन्त्री पदबाट राजीनामा दिएका डा. युवराज खतिवडाले के भने अन्तिम पत्रकार सम्मेलनमा ?

Technology Khabar १९ भाद्र २०७७, शुक्रबार

मन्त्री पदबाट राजीनामा दिएका डा. युवराज खतिवडाले के भने अन्तिम पत्रकार सम्मेलनमा ?
फाइल फोटो
Classic Tech

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदबाट आजै राजीनामा गरेका डा. युवराज खतिवडाले दूरसञ्चार क्षेत्रको स्रोतको अझै अधिकतम उपयोग गर्न नसकिएको बताएका छन् ।

उनले पदबाट राजिनामा दिनुअघि मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा आफूले सञ्चार मन्त्री हुने र सरकारको प्रवक्ता हुने कल्पना समेत नगरेको बताएका थिए ।

सञ्चार मन्त्रालय स्रोतहरुले भरिपूर्ण भएको भन्दै त्यसमा दृश्य र अदृश्य स्रोतहरुलाई अधिकतम उपयोग गर्न उनले सुझाब दिएका थिए ।

‘प्राप्त भएको स्रोत उपयोग गर्न नसकेको र त्यस्तो स्रोतहरु हाम्रो अर्विटल स्लट, फ्रिक्वेन्सी बितरण वा सबै नागरिकलाई तिब्रगतिको दूरसञ्चार सेवा पुयाउने क्षेत्रमा अझै कामगर्न बाँकी रहेको छ,’ उनले भने ।

कोभिड-१९ संक्रमण भईरहँदा शिक्षा स्वास्थ्य, जनस्वास्थ्यको विषयमा अनलाइन शिक्षा टेली मेडिसिनलगायतमा दूरसञ्चारको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

पूर्व मन्त्री खतिवडाले यो समयलाई सकेसम्म सदुपयोग गर्नुपर्ने भन्दै डिजिटल नेपालको फ्रेमवर्कको उपयोगमा कृषि, सूचना प्रविधि, स्मार्ट सिटीलगायतलाई समेत अगाडी बढाउन ध्यान दिनुपर्ने बताए ।

सिंहदरबारभित्रै पत्राचार हुँदा एक निकायबाट अर्को निकायमा जान लामो समय लाग्ने भन्दै सूचना प्रविधिको प्रयोग कमी भएर यस्तो भएको अनुभव सुनाउँदै उनले मन्त्रालयले डिजिटल हस्ताक्षरको उपयोग शुरु गरेको जानकारी दिएका थिए ।

दूरसञ्चार क्षेत्रको पूर्वाधारमा थप लगानी र विकास गर्नुपर्ने काम बाँकी रहेको भन्दै पुराना निकायहरुलाई आधुनिकीकरण गरिरहेको जानकारी दिए ।

मन्त्रालयको खरिदमा विवादरहित बनाउन आफूले काम शुरु गरेको दाबी गर्दै राम्रो अभ्यास गर्न लागेको बताए ।

उनले गर्दा वित्तिय कारोबार, सरकारी कारोबारहरु सूचना प्रविधिको माध्यमबाट गर्न लागिरहेको समयमा साइबर जोखिम बढिरहेको भन्दै साइबर सुरक्षालाई ध्यान दिनुपर्ने बताएका थिए।

यसैबिच अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने गरि राष्ट्रपतिद्धारा तोकिएको छ ।

प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

Comments are closed.

Loading...