फेसबुकले अमेरिकी चुनावअघि हुने नयाँ विज्ञापनहरुलाई सिमित गर्ने

Technology Khabar १९ भाद्र २०७७, शुक्रबार

फेसबुकले अमेरिकी चुनावअघि हुने नयाँ विज्ञापनहरुलाई सिमित गर्ने
Classic Tech

फेसबुक इंकले नोभेम्बर ३ मा हुने अमेरिकी चुनावको केहि साता अघिअघि नयाँ राजनीतिक विज्ञापन स्वीकार्न रोकिने बताएको छ ।

कम्पनीले गलत सूचना र निर्वाचन हस्तक्षेप जोखिम कम गर्न को लागी अन्तिम योजनाको रूपमा यस्तो कदम चाल्ने बताएको हो ।

विश्वको सबैभन्दा ठूलो सामाजिक नेटवर्क फेसबुकले अभियान र अरूलाई राजनीतिक विज्ञापनहरू चलाउन अनुमति दिनेछ जुन प्रणालीमा पहिले देखि नै छ ।

तिनीहरूलाई खर्च रकम तथा प्रयोगकर्ता लक्षित परिवर्तन गर्न समेत अनुमति दिनेछ तर विज्ञापनको नयाँ सामाग्री वा डिजाइनमा समायोजन रोक्नेछ। यसको अर्थ अहिले भईरहेका विज्ञापनहरु निरन्तर भएपनि त्यसमा कुनै नयाँ कन्टेन्ट वा डिजाइन भने राख्न पाईनेछैन् ।

चुनाव परिणाम आधिकारिक हुनु अघि विजय दावा गर्नको लागी प्रयास गर्ने उम्मेदवारहरु वा अभियानहरुद्वारा पोष्टहरुको लागी एक लेबल बनाएको कम्पनीले भनेको छ ।

बिहीबार प्रसारण गरिएको अमेरिकी न्यूज च्यानल सीबीएस न्यूजको एक अन्तर्वार्तामा प्रमुख कार्यकारी मार्क जुकरबर्गले यी उपायहरूबारे भने ‘यो नीति लागू भएपछि राष्ट्रपतिलाई पनि पक्कै लागू हुन्छ र यो सबैलाई समान रूपमा लागू हुन्छ।’

परिवर्तनहरूको घोषणा गर्दै एक फेसबुक पोस्टमा, जूकरबर्गले भने कि यो वर्ष कोरोनाभाइरस महामारीका कारण मतदाताहरूले सामना गर्ने अनौठो चुनौतीहरूको बारेमा चिन्तित भएको बताए। जसले भोटिङ्ग बाई मेल अर्थात चिठीमार्फत मतदानमा बृद्धि भएको छ।

यो वर्षको अमेरिकी चुनावमा रिपब्लिकनहरुको तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकाल दोहोर्याउने प्रयासमा छन भने उनको प्रतिद्धन्दिको रुपमा डेमोक्र्याट पार्टीको तर्फबाट जो बिडेन मैदानमा छन् ।

चुनावअघि नयाँ विज्ञापनमा रोक लगाएपनि चुनावी दिनपछि भने उनीहरुले पुन नयाँ विज्ञापन अभियान संचालन गर्नसक्ने बताईएको छ । एजेन्सीका साथ

 

प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

Comments are closed.

Loading...