Technology Khabar १८ भाद्र २०७७, बिहीबार
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडलाई स्पष्टिकरण सोधेको छ ।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले वर्ल्डलिंकलाई हालै पत्र काटेर विभिन्न समयमा वेभसाइट वेभपोर्टलहरुमा इन्टरनेटको माध्यमबाट नेपालबाट पहुँच पुग्न नसक्ने व्यवस्थाको लागि निर्देशन दिईएकोमा अझै सो नभएको भन्दै स्पष्टिकरण सोध गरेको हो ।
प्राधिकरणले दिईएको निर्देशन पालना नगरेको र अझैपनि त्यस्ता वेबसाइटहरु खुलिरहेको बुझिएको भन्दै स्पष्टिकरण पेश गर्न भनेको छ ।
त्यसैगरि यसअघिको नै निर्देशन बमोजिमका वेभ पोर्टलहरुमा नेपालबाट पहुँच पुग्न नसक्ने व्यवस्था तत्काल गर्न निर्देशन दिईएको जनाएको छ ।
प्राधिकरणले वर्ल्डलिंकलाई पहुँच पुग्न नसक्ने बनाउनका लागि भनेको ८२ वटा वेबसाइटहरुको लिस्ट समेत उपलब्ध गराउँदै तत्काल पहुँच रोक्न भनेको हो।
जसमा अधिकांश सूचना विभागमा दर्ता नभएका तर समाचारमूलक वेबसाइटको नाममा संचालनमा रहेका वेभ पोर्टलहरु रहेका छन् ।
प्राधिकरणले प्रेस काउन्सिलको पत्रको आधारमा त्यस्ता दर्ता नभएका समाचारमूलक वेभ पोर्टलहरु बन्द गर्न निर्देशन दिँदै आएको छ ।
यसरी बन्द गर्न भनिएका अधिकांश वेबसाइटहरु नाम चलेका र दर्ता भएर संचालनमा वेबसाइटको नक्कल गरेर नाम राखिएका वेबसाइटहरु छन् ।
जसमा कुन्तिपुर डटकम,अलर्टखबर डटकम, गण्डकीभ्वाइस डटकमलगायतका वेबसाइटहरु छन् ।
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार