दुई वटा ब्ल्याक होल ठोक्किएको शक्तिशाली तरंग ७ अर्ब वर्षपछि पृथ्वीमा

Technology Khabar १८ भाद्र २०७७, बिहीबार

दुई वटा ब्ल्याक होल ठोक्किएको शक्तिशाली तरंग ७ अर्ब वर्षपछि पृथ्वीमा
Classic Tech
Nepal Telecom

कल्पना गर्नुस् त, आठवटा सूर्यबाट एकसाथ उत्सर्जन हुने ऊर्जा कति होला ?

दुईवटा ब्ल्याक होलहरु एक आपसमा समाहित हुँदा अहिलेसम्मकै सबैभन्दा भयानक र शक्तिशाली उर्जा निस्किएको र सो ऊर्जाबाट सिर्जित गुरुत्वाकर्षण तरंगको झट्का (सकवेभ) पृथ्वीमा आएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

साे शक्तिशाली ऊर्जाको तरंग अन्ततः ७ अर्ब वर्षपछि पृथ्वीसम्म आइपुगेको छ र त्यो अझैपनि शक्तिशाली रहेको वेभ डिटेक्टरले गत वर्षको मे महिनामा पत्ता लगाएको थियो ।

सात अर्ब वर्षअघि दुई ब्ल्याक होलहरु आपसमा समाहित (मर्ज) भएको उक्त घटना ब्रह्माण्डमा अहिलेसम्म भएको सबैभन्दा ठूलो मर्जर भएको पनि वैज्ञानिकहरुले दाबी गरेका छन् ।

दुईवटा ब्ल्याकहोलहरु आपसमा ठक्कर खाई समाहित हुँदा हाम्रो सूर्यभन्दा १ सय ४२ गुणा ठूलो एकल पिण्ड निर्माण भएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

यो निकै महत्वपूर्ण भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । वैज्ञानिकहरुले अहिले पनि आकाशगंगामा ब्ल्याक होलको अनुसन्धान गरिरहेका छन्, जसमा साना वा निकै ठूला ब्ल्याक होल  भएको अनुमान गरिएको छ । तर यो पहिलो पटक हो जसमा मध्यमस्तरको १०० देखि १००० सौर्य मास तौल भएको ब्ल्याक होलको रहस्योदघाटन गरेको छ ।

उक्त मर्जरबाट सिर्जना भएको गुरुत्वाकर्षण तरंग पृथ्वीसम्म आइपुग्न सात अर्ब वर्ष लाग्नुलाई ब्ल्याक होल मर्जरको सो खगोलिय घटना ब्रम्हाण्डमा पृथ्वीभन्दा निकै नै टाढा भएको सहजै अनुमान लगाउन सकिन्छ ।

भयानक ऊर्जाबाट सिर्जित भई पृथ्वीसम्म आइपुगेका ती तरंगहरुलाई अमेरिका तथा इटालीमा रहेका लेजर डिटेक्टरहरुले गत मे महिनामा पत्ता लगाएका हुन् ।

अमेरिका र युरोपको सहकार्यमा स्थापित अत्यन्त शक्तिशाली गुरुत्वाकर्षण तरंग मापक प्रणाली (सुपर सेन्सिटिभ ग्राभिटेसनल वेब डिटेक्सन सिस्टम) अन्तर्गत रहेका तीनवटा प्रणालीले गत मे २१ मा ब्रम्हाण्डबाट पृथ्वीमा आएका उल्लेखित तरंग मापन गरेका थिए ।सो सिस्टमलाई लिगो र भर्गो भनेर चिनिन्छ ।

त्यसबाट प्राप्त डाटा विश्लेषण गरी वैज्ञानिकहरुले ती तरंग ७ अर्ब वर्षअघि मर्ज भएका कालो छिद्रहरुबाट आएका ठहर गरे । ती काला छिद्रहरुमध्ये एउटा सूर्यभन्दा ६६ गुणा र अर्को ८५ गुणा ठूलो थियो ।

दुईवटा ब्ल्याकहोल मर्ज भएको ब्रह्माण्डको उक्त स्थान पृथ्वीभन्दा १ सय ५० अर्ब खर्ब किलोमिटर टाढा रहेको पनि वैज्ञानिकहरुको निष्कर्ष छ ।

यो तरंग पृथ्वीसम्म आइपुग्दा केबल सेकेण्डको पनि १० औं अंशको एक अंशको रुपमा निकै तिब्रगतिमा आएको गत मे २१, २०१९ मा पत्ता लागेको थियो ।

यो घट्ना ब्रह्माण्डको स्थापना भएको करिब आधा समयमा भन्दा ठिक अघि भएको वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार ताराहरुमा चमक र ऊर्जा सकिएसँगै ब्ल्याकहोलमा परिणत हुन्छन् । ब्ल्याकहोलमा गुरुत्वाकर्षण बल यतिधेरै हुन्छ कि त्यसले आफूतर्फ आउने अन्य सबै वस्तुलाई मात्र नभई प्रकाशलाई समेत निल्दछ ।

वैज्ञानिकहरुले ७ अर्ब वर्षपछि पृथ्वीमा आइपुगेको उक्त गुरुत्वाकर्षण तरंग तथा त्यसको उत्पत्तिको स्रोतको रुपमा रहेको ब्ल्याक होल मर्जरको घटनालाई GW190521 नाम दिएका छन् । र त्यसको बारेमा थप अनुसन्धान लेजर प्रयोगशालाहरुमा भईरहेको बताएका छन् । बीबीसीबाट

TK Viber

प्रकाशित: १८ भाद्र २०७७, बिहीबार

Comments are closed.

Loading...