विश्वको पहिलो अण्डर डिस्प्ले क्यामरा स्मार्टफोन जेडटीई एक्सन २० ५जी लन्च, यस्तो छ विशेषताहरु

Technology Khabar १८ भाद्र २०७७, बिहीबार

विश्वको पहिलो अण्डर डिस्प्ले क्यामरा स्मार्टफोन जेडटीई एक्सन २० ५जी लन्च, यस्तो छ विशेषताहरु
Global IME Bank

काठमाडौं ।

चीनको प्रमुख कम्पनी टेक कम्पनी जेडटीईले आफ्नो एक्सन २० ५जी स्मार्टफोन लन्च गरेको छ । यो स्मार्टफोन विश्वको पहिलो अण्डर-डिस्प्ले क्यामरा स्मार्टफोन हो।

विश्वको पहिलो अण्डर डिस्प्ले क्यामेरा स्मार्टफोन भएकोले, जेडटिई एक्जोन २० ५जी एक पूर्ण डिस्प्लेयुक्त स्मार्टफोन हो।

कम्पनीको दाबी छ कि यसले उद्योगलाई पहिले ट्रू फुल डिस्प्ले प्रदर्शन प्रदान गर्दछ।

जेडटिईको एक्जोन २० स्मार्टफोनमा अण्डर डिस्प्ले क्यामरा अर्थात डिस्प्लेभित्रै क्यामराछ। अहिलेसम्मका स्मार्टफोनहरुमा क्यामरा बडी डिस्प्ले बाहिरबाट नै देख्न सकिने किसिमको हुन्छ।

यस बाहेक, फोनको पछाडि चार क्यामरा सेटअप गरिएको छ। फोनमा अक्टाकोर प्रोसेसर छ।

यसमा ६.९२ईन्च ओएलईडी डिस्प्ले छ, यसको रिफ्रेश रेट ९० हर्ज र टच स्याम्पलिग दर २४० हर्ज हो।

यो फोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर छ भने यसले फाइभजी नेटवर्क सपोर्ट गर्दछ ।

पावरका लागि ४१०० एमएएच क्षमताको ब्याट्री रहेको यो स्मार्ट फोनको सेल्फी क्यामेराको सेन्सर ३२ मेगापिक्सेलको छ।

यसमा ५जी कनेक्सनको लागि स्न्यापड्रागनको ७६५जी चीपसेट प्रयोग गरिएको छ । फोनमा ८ जीबी र्याम र २५६जीबी स्टोरेज रहेकोछ ।

कम्पनीले अण्डर डिस्प्ले क्यामरासहितको पहिलो स्मार्टफोन भएको दाबी गरेपनि यसभन्दा अगाडि ओपोले अण्डर डिस्प्ले क्यामरा भएको स्मार्टफोनको मोडल प्रदर्शन गरिसकेको छ ।

तर जेडटिईको एक्जोन २० ५जी स्मार्टफोन बजारमा आउने अण्डर डिस्प्ले क्यामरा भएको पहिलो व्यवसायीक स्मार्टफोन भएको छ।

Sajilo Visa

प्रकाशित: १८ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया