विश्व नवप्रवर्तनको क्षेत्रमा नेपाल ९५ औं स्थानमा उक्लियो, सार्क देशहरुमध्ये भारतपछि दोस्रो

Technology Khabar १८ भाद्र २०७७, बिहीबार

विश्व नवप्रवर्तनको क्षेत्रमा नेपाल ९५ औं स्थानमा उक्लियो, सार्क देशहरुमध्ये भारतपछि दोस्रो

काठमाडौं ।

ग्लोबल इनोभेसन इन्डेक्समा नेपालले आफ्नो स्थान उल्लेख्यरुपमा सुधार गरेको छ । हालै सार्वजनिक भएको ग्लोबल इनोभेसन इन्डेक्स (विश्व नवप्रवर्तक सूचाङ्क) २०२० को प्रतिवेदनअनुसार नेपाल ९५ औं स्थानमा उक्लेको छ।

यो सूचीले विभिन्न मुलुकहरुमा रहेका स्टार्टअप र नवप्रवर्तनको अवस्था र वातावरणलाई अध्ययन गरेर सार्वजनिक गर्दछ ।

नेपालले एक वर्षमा नै आफ्नो स्थानलाई १२ औं स्थान माथि उचालेको छ । यसअघि नेपाल सन् २०१९ मा १०७ औं स्थानमा थियो ।

सन् २०२० मा वर्ल्ड इन्टलेक्च्युल प्रोपटी अर्गनाइजेसनले निकालेको नयाँ रिपोर्ट अनुसार नेपाल ९५ औं स्थानमा उक्लिएको हो ।

संयुक्त राष्ट्रसंघ अन्तरगत रहेको वर्ल्ड इन्टलेक्च्युल प्रोपटी अर्गनाइजेसनले अमेरिकाको कोर्नेल विश्विविद्यालयसँगको सहकार्यमा प्रत्येक वर्ष सेप्टेम्बरमा जीआईई इन्डेक्स सार्वजनिक गर्दै आएको छ ।

जिआईई इन्डेक्समा स्वीजरल्याण्ड पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा स्वीडेन र तेस्रो स्थानमा अमेरिका रहेको छ ।

सूचीमा सार्क मुलुकहरुमध्ये भारत ४८ औं स्थानमा छ भने श्रीलंका १०१ औं, पाकिस्तान १०७ औं तथा बंगलादेश १०६ औं स्थानमा रहेका छन् ।
भारतपछि सार्क मुलुकहरुमा स्टार्टअपहरुलाई सहयोग गर्ने देशमा नेपालको सूची रहेको छ ।

यसका साथै न्यून आय भएका देशहरुमध्ये नेपाल तेस्रो स्थानमा रहेको छ भने मध्य तथा दक्षिण एशियामा छैटौं स्थानमा रहेको छ।

easy care

प्रकाशित: १८ भाद्र २०७७, बिहीबार