Technology Khabar १८ भाद्र २०७७, बिहीबार
काठमाडौं ।
पाकिस्तानमा टिन्डर, ग्राइन्डर र तीन अन्य डेटिङ्ग अनुप्रयोगहरूलाई ‘अनैतिक सामग्री’ को रुपमा व्याख्या गर्दै प्रतिबन्धित गरिएको छ।
डेटिग सेवाहरू हटाउन सरकारले टिन्डर, ग्रिन्डर, ट्याग्ड, स्काउट र से-हीलाई सूचनाहरू जारी गरेको छ।
वैवाहिक सम्बन्ध भन्दा बाहिरको सम्बन्ध र समलैंगिकता पाकिस्तानमा गैरकानुनी रहेको छ । पाकिस्तान विश्वमा दोस्रो ठूलो मुस्लिम बहुल राष्ट्र हो।
देशको इन्टर्नेट नियामकले कम्पनीहरूले तोकिएको समय भित्र प्रतिक्रिया नदेखाएको बताएको छ। नियामकले ती पाँच एपहरुलाई सो बारेमा नोटिस पठाईएको जानकारी दिएको छ ।
पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए) का प्रवक्ताले यी प्लेटफर्महरूको व्यवस्थापनलाई नैतिक र कानूनी दायरामा ल्याउने निर्णय गरिएको जानकारी दिएका छन्।
डेटिंग एपहरुलाई नियमनकारीले डेटिंग सर्भिस आफ्नो प्लेटफर्मबाट हटाउन भनेको छ भने लाइभ स्ट्रिमिङ्गलाई मोडरेसन गर्न भनिएकोछ ।
यदि नोटिअनुसारको परिवर्तन गरिएको खण्डमा प्रतिबन्धमा पुनर्विचार गर्न सकिने बताईएको छ ।
टिन्डरका प्रवक्ताले भने कि यो अनुगमन र अनुपयुक्त सामग्री हटाउन महत्वपूर्ण स्रोतहरु लगानी गर्दछ। एजेन्सीका साथ
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार