ट्रम्प प्रशासनले आर्टिफिसियल इन्टेलिजेन्स र क्वाण्टम कम्प्युटिङका लागि १ अर्ब डलर लगानी गर्ने

Technology Khabar १७ भाद्र २०७७, बुधबार

ट्रम्प प्रशासनले आर्टिफिसियल इन्टेलिजेन्स र क्वाण्टम कम्प्युटिङका लागि १ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

अमेरिकामा ट्रम्प प्रशासनले आर्टिफिसियल इन्टेलिजेन्स, ५जी र क्वाण्टम कम्प्युटिङ रिसर्चका लागि १ अर्ब डलर लगानी गर्ने भएको छ।

केही अमेरिकी अवलोकनकर्ताहरुले अमेरिका भविष्यका लागि आएका नयाँ प्रविधिमा पछि परेको चिन्ता व्यक्त गर्दै गर्दा ट्रम्प प्रशासनले यस्तो निर्णय गरेको हो।

उक्त १ बिलियन डलर व्हाइट हाउस नेशनल साइन्स फाउण्डेशन तथा उर्जा विभागका तर्फबाट उपहारका रुपमा आउने र त्यसबाट देशभरमा १२ वटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स तथा क्वाण्टम इन्फनर्मेशन साइन्सको अनुसन्धान र विकासका केन्द्रहरु खोलिनेछन्।

‘ट्रम्प प्रशासन आर्टिफिसियल इन्टेलिजेन्स, क्वाण्टम इन्फनर्मेशन साइन्स तथा ५जी जस्ता भविष्यका प्रविधिहरु साथै आउँदा दिनमा अर्थतन्त्र र सुरक्षामा विशेष योगदान दिने अन्य उदीयमान प्रविधिहरुको नेतृत्व गर्नका लागि ट्रम्प प्रशासन कडा रुपमा प्रस्तुत भएको छ,’ व्हाइट हाउसले भनेको छ।

व्हाइट हाउसकाअनुसार यसरी बन्ने अनुसन्धान तथा शिक्षासम्बन्धी संस्थाहरु मेशिन सिकाइ, सिन्थेटिक उत्पादन, गहन कृषि तथा जलवायु पूर्वानुमान जस्ता आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धान र विकासमा केन्द्रित हुनेछन्।

यसबाहेक अमेरिकाभरीका विश्वविद्यालयहरुमा अनुसन्धानका कामहरु सञ्चालन गरिेनेछन्।

नेशनल साइन्स फाउण्डेशनले वार्षिक ५०० मिलियन डलरभन्दा बढी रकम खर्च गर्दै गैर सुरक्षा क्षेत्रको आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान तथा विकासमा संघीय हिसाबले पहिलो नम्बरमा रहेको छ।

त्यसैगरी उर्जा विभागले यस कामको लागि आगामी ५ वर्षका लागि आर्गोन, ब्रूकह्याभेन, फर्मी, ओक रिज तथा लरेन्स बर्कलेमा रहेका ५ राष्ट्रिय प्रयोगशालाहरुको नेतृत्व लिँदै ६२५ मिलियन डलर लगानी गर्ने भएको छ।

यसबाहेक निजी क्षेत्र तथा शिक्षण प्रतिष्ठानहरुले आआफ्ना अनुसन्धान केन्द्रहरुमा यसका लागि ३०० मिलियन डलर लगानी गर्नेछन्। एजेन्सी

easy care

प्रकाशित: १७ भाद्र २०७७, बुधबार