स्पेसएक्सद्वारा आफ्नो पहिलो पोलर अर्बिट मिशन सफलतापूर्वक प्रक्षेपण

Technology Khabar १७ भाद्र २०७७, बुधबार

स्पेसएक्सद्वारा आफ्नो पहिलो पोलर अर्बिट मिशन सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

स्पेसएक्सले आइतबार अमेरिकाको केभ क्यानाभेरलमा रहेको इस्ट कोस्ट प्रक्षेपण केन्द्रबाट गोलार्द्धमाथि रहेको अक्ष पोलर अर्बिटमा आफ्नो पहिलो स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

फाल्कन ९ नाम गरेको उक्त मिसनमा अर्जेन्टिनी अन्तरिक्ष एजेन्सीको साओकम नामको सिन्थेटिक अपर्चर राडार स्याटेलाइटसहित टाइभ्याक र प्लानेटीक्यू नामका कम्पनीहरुका अन्य दुई साना स्याटेलाइट छन्।

स्याटेलाइट इस्टर्ज डेलाइट टाइम अनुसार आइतबार बिहान ७ बजेर १८ मिनेटमा फ्लोरिडाबाट उडेको थियो। यसका लागि स्पेशएक्सले पहिले नासाका लागि २ पटक उडाएको तथा केही सायअघि आफ्नै स्टारलिंक स्याटेलाइट लञ्च गरदा प्रयोग गरेको फर्सट स्टेज बुस्टर प्रयोग गरेको थियो।

स्पेसएक्सले उक्त बुस्टरलाई स्याटेलाइट लञ्च भएको केही समयपछि केप क्यानाभेरलमै अवतरण गराएको थियो। यो स्पेशएक्सको तालिका अनुसार आइतबार इस्ट कोस्टको प्रक्षेपण क्षेत्रबाट प्रक्षेपण गरिने दुईमध्ये एक थियो।

पहिलो नम्बरमा रहेको प्रक्षेपण उक्त दिन बिहानको खराब मौसमका कारण स्थगित भएपछि यसले पहिलो हुने ऐतिहासिक अवसर पाएकव थियो।

स्पेसएक्सले एकै दिनमा एकभन्दा बढी मिसनहरु लञ्च गर्ने महतुवाकांक्षा राखेकोमा आइतबारको दुई वटा प्रक्षेपणको तालिकाले उसको यो सामर्थ्य प्रमाणित गरेको बुझिएको छ ।

स्पेसएक्स आफ्ना स्टारलिंक स्याटेलाइटहरु लञ्च गर्नमा कति आक्रामक हुँदै आएको छ भन्ने कुरा कुरा हामीले सम्भवत केही समयभित्रै एकैदिन कम्तीमा दुईवटा मिसन लञ्च भएको पाउनेछौँ। एजेन्सी

Sajilo Visa

प्रकाशित: १७ भाद्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया