नर्वेको संसदमा ह्याकरहरूद्धारा आक्रमण

Technology Khabar १७ भाद्र २०७७, बुधबार

नर्वेको संसदमा ह्याकरहरूद्धारा आक्रमण
Classic Tech
Nepal Telecom

नर्वेको संसदमा साइबर आक्रमण भएको छ। संसदले हालै गंभिर साइबर आक्रमण भएको जानकारी दिएको छ ।

निर्देशक मारियाना एन्ड्रियासेनले नर्वेको मुख्य विपक्षी लेबर पार्टीका धेरै सदस्य र कर्मचारीहरूको ईमेल खाता ह्याक गरिएको बताईन् ।

‘हामी यस कुरालाई गम्भीरताका साथ लिन्छौं,’ उनले भनिन्, ‘र हामीले घटनाको समग्र तस्विर र क्षतिको सम्भाव्य अवस्था प्राप्त गर्न घटनाको विश्लेषण गर्न पूर्ण ध्यान दिएका छौं।’

नर्वेजियन राष्ट्रिय सुरक्षा प्राधिकरणले धेरै दिनदेखि संसदलाई विश्लेषण र प्राविधिक सहयोगमा सहयोग गरिरहेको बताएको छ।

गत जनवरीमा, चान्सलर एन्जेला मर्केलसहित सयौं जर्मन राजनीतिज्ञहरूको व्यक्तिगत विवरणहरू चोरी भएर अनलाइन प्रकाशित भएका थिए ।

गत वर्ष, अष्ट्रेलियाको साइबर इंटेलिजेंस एजेन्सीले ह्याकरहरूले अष्ट्रेलियाली संसदमा प्रवेश गर्ने प्रयास गरेपछि चीनलाई दोष लगाएको थियो, तर चिनियाँ अधिकारीहरूले अस्वीकार गरेका थिए । बीबीसी

TK Viber

प्रकाशित: १७ भाद्र २०७७, बुधबार

Loading...