Technology Khabar १६ भाद्र २०७७, मंगलवार
यहि सेप्टेम्बर ३ तारिखदेखि बर्लिनमा आयोजना हुने आईएफए २०२० मा सहभागी हुँदै एलजी इलेक्ट्रोनिक्सले घरेलु तथा मोभाइल डिभाइसतर्फ नविनतम प्रविधिहरु प्रदर्शन गर्ने भएको छ ।
आईएफए आयोजना भएको ९६ वर्षको अवधिमा पहिलो पटक भर्चुअल माध्यमबाट हुन लागेको सो आईएफए २०२० इभेन्टमा कम्पनीले लाइफ्स गूड फ्रम होम नाराका साथ सहभागी हुन लागेको छ ।
कम्पनीको अनलाइन एक्जिविसन बुथमा प्रदर्शन अवलोकनकर्ताहरुले नयाँ प्रविधिहरुको बारेमा जानकारी लिन सक्नेछन् ।
एलजीद्धारा जारी विज्ञप्तिकाअनुसार सो भर्चुअल इभेन्टमा एलजी ईलेक्ट्रिोनिक्सका सिटिओ डा. आई.पी. पार्कले उपभोक्ताहरुका लागि नयाँ लाइफस्टाइलको लागि भविश्यको भिजनको बारेमा बताउनेछन् ।
यसका साथै एलजी थिंक्यू होम सलुसन अन्तरगत भविश्यका उपकरण र सेवाहरु प्रदर्शन गरिनेछ ।
एलजीले सो अवसरमा कोरियामा तयार पारेको भौतिक स्मार्ट होम शोरुममा कसरी एलजीका उत्पादनहरुले सहजरुपमा एकआपसमा काम गरेर उत्कृष्ट घरेलु अनुभव दिन्छन भन्ने बारेमा समेत जानकारी दिईने जनाएको छ ।
‘एआई र मानव केन्द्रित डिजाइनमा रहेको हाम्रो ससक्तता मार्फत, हामी उत्पादनहरु र सेवाहरुको पुरा एकिकृत सुईट सिर्जना गरिरहेका छौं, जसले जीवन, काम र घरमा आरामको लागि सहज बनाउँछ,’ एलजी ईलेक्ट्रोनिक्सका ग्लोबल मार्केटिङ्ग सेन्टर प्रमुख किम जिन होङ्गले भने ।
प्रकाशित: १६ भाद्र २०७७, मंगलवार