नेटफ्लिक्सले यूजरलाई निशुल्क सामाग्रीहरु हेर्न दिँदै, यी सिरियल तथा सिनेमाहरु सित्तैमा हेर्नुस्

Technology Khabar १६ भाद्र २०७७, मंगलवार

नेटफ्लिक्सले यूजरलाई निशुल्क सामाग्रीहरु हेर्न दिँदै, यी सिरियल तथा सिनेमाहरु सित्तैमा हेर्नुस्

काठमाडौं ।

अनलाइन सिनेमा, सिरियलहरु हेर्नका लागि निकै चर्चित प्लेटफर्म नेटफ्लिक्सले अब प्रयोगकर्ताहरुको लागि निशुल्क सामाग्रीहरु हेर्ने सुबिधा दिएको छ ।

तपाईं अब नेटफ्लिक्समा एकाउन्ट नभएपनि बिना एकाउन्ट नै नेटफ्लिक्सको सबैभन्दा लोकप्रिय सामग्रीहरु हेर्न सक्नुहुन्छ।

यदि तपाईं यसको सेवा लिन चाहनुहुन्छ भने पहिले यसमा निशुल्क परीक्षणको लागि साइन अप गर्न सक्नुहुनेछ ।

तर अहिलेको यो स्ट्रिमिङ्ग प्लेटफर्मको परीक्षणको लागि झनै सजिलो तरीका हो। जसमा साइनअप गर्नुपर्ने आवश्यकता छैन् ।

तपाईं यो निशुल्क अफरमा लोकप्रिय सिरियल, सिनेमाहरु हेर्न सक्नुहुनेछ ।
तर यो ध्यानमा राख्नुहोस की यसमा टिभी कार्यक्रमहरूको पहिलो एपिसोड मात्र उपलब्ध रहेको छ ।

त्यसैले यदि तपाईंलाई आफ्नो मनपर्ने सिरियल वा टिभी कार्यक्रम फेला पार्नुभयो भने, तपाईंले बाँकीलाई कार्यक्रम हेर्न एकाउन्ट बनाउनुपर्नेछ, यदपी यसमा राखिएका फिल्महरु भने पुरै समयका पूर्ण रूपमा उपलब्ध छन् ।

यस पृष्ठलाई डेस्कटप ब्राउजर वा तपाईंको एन्ड्रोइड फोनमा ब्राउजर प्रयोग गरेर भ्रमण गर्नुहोस् । तर यो सुबिधा आईओएस वा एप्पलका डिभाइसहरुमा भने कुनै कारणले सर्पोटिभ छैन।

साथै, यसको लागि तपाईं आफ्नो फोन वा स्मार्ट टिभीमा नेटफ्लिक्स अनुप्रयोग प्रयोग गर्न सक्नुहुन्न, यो ब्राउजर मार्फत नै हुनुपर्दछ।

‘नयाँ सदस्यहरू आकर्षित गर्न र तिनीहरूलाई एक उत्तम नेटफ्लिक्स अनुभव प्रदान गर्न हामी नयाँ मार्केटिङ्ग प्रमोशनहरु हेरिरहेका छौं,’ नेटफ्लिक्सले ग्याजेट ३६०सँग भनेको छ ।

तर यो कति अवधिसम्मका लागि उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

यी सिरियल तथा सिनेमाहरु निशुल्क उपलब्ध छन् ।

  • सिरिज (Series)
    • स्ट्रेन्जर थिङ्गस (Stranger Things)
    • ईलाइट (Elite)
    • बोस बेबी-ब्याक इन बिजनेस (Boss Baby – Back in Business)
    • ह्वेन दे सी अस (When They See Us)
    • लभ ब्लाइण्ड (Love is Blind)
    • आवर प्लानेट (Our Planet)
    • ग्रेस एण्ड फ्र्याङ्की (Grace and Frankie)
  • सिनेमा (Movie)
    • मर्डर मिस्ट्री (Murder Mystery)
    •  बर्ड बक्स (Bird Box)
    • दि टू पोप्स (The Two Popes)
easy care

प्रकाशित: १६ भाद्र २०७७, मंगलवार