अनलाइन डेलिभरी र ईकमर्श सेवा आजैबाट शुरु, अत्यावश्यक बाहेक अन्य वस्तुहरु नबेच्ने

Technology Khabar १६ भाद्र २०७७, मंगलवार

अनलाइन डेलिभरी र ईकमर्श सेवा आजैबाट शुरु, अत्यावश्यक बाहेक अन्य वस्तुहरु नबेच्ने
Classic Tech

अनलाइन तथा ईकमर्श सेवा दिने कम्पनीहरुले मंगलबार भदौ १६ गतेदेखि पुन: आफ्नो सेवा संचालन गर्ने भएका छन् ।

सोमबार प्रेस विज्ञप्ती जारी गरेर कोभिड-१९ को कारण मानव जिवन अझ कष्टकर बन्दै गएको भन्दै उनीहरुले सरकारको निधेषाज्ञाको बाबजुदसमेत सेवा शुरु गर्ने बताएका हुन् ।

ईकमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुहरुको अनलाइन तथा होम डेलिभरी सेवा शुरु गर्ने जानकारी दिएको हो ।

उनीहरुले यसअघि जिल्ला प्रशासन कार्यालयद्धारा जारी आदेशअनुसार नै अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध तथा दूग्धजन्य पदार्थहरु अनलाइन तथा होम डेलिभरी गर्ने दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘२०७७/०५/१० गते जारी भएको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध तथा दूग्ध जन्य पदार्थ साथै दूग्ध जन्य पदार्थ प्याकेजिङका सामग्रीहरुको व्यवसाय संचालन गर्न रोक नरहेको तर्फ ध्यानाकर्षण गराउँदै, सोहि बुँदाले त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरेको छ । उक्त आदेशको बुँदा २ बमोजिम अत्यावश्यक सेवा तथा बस्तुको व्यवसाय संचलन गर्न रोक नरहेको र बुँदा ३ बमोजिम अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन संचलन गर्न समेत रोक नरहेको तर्फ समेत ध्यानाकर्षण गराउँदछौँ ।’

सरकारले तोकेको कोभिड–१९ सूरक्षा मापदण्डलाई पालना गरी सरसफाई, किटाणुशोधन, भौतिक दुरी, सुरक्षित मास्कको अनिवार्य प्रयोग लगायतका मापदण्ड पूरा गर्ने गरि ई–कमर्श सेवा प्रदायकहरुले अत्यावश्यक बस्तुहरुको होम डेलिभरी गर्ने कार्यलाई सुचारु गर्ने बताएका हुन् ।

यस बाहेक कुनैपनि अनलाइन तथा ईकमर्श कम्पनीहरुलाई अत्यावश्यक बाहेका सेवाहरु संचालन नगरिदिनहुन समेत अनुरोध गरेका छन् । यदि त्यस्तो गरेको भेटिएमा फोरमले जिम्मेवारी नलिने र संरक्षण समेत नगर्ने भएको हो ।

यसको लागि सबै सरोकारबालाहरुसँग समन्वय र सहयोगको लागि समेत अपिल गरेका छन् ।

यसअघि गत साता प्रशासनले अनुमति बिना अनलाइन तथा ईकमर्श सेवा संचालन गरेको भन्दै धरपकड गरेको थियो ।

हेर्नुस पुरा विज्ञप्ती-

Press release with Signature

प्रकाशित: १६ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...