Technology Khabar १६ भाद्र २०७७, मंगलवार
अमेरिकी नियमनकारी निकाय एफसीसीले थप १ हजार २ सय नयाँ उपग्रह(स्याटेलाइट) प्रक्षेपण गर्न वनवेबलाई अनुमति प्रदान गरेको छ।
यसअघि सन् २०१७ मा यसको ७२० स्याटेलाइटहरुलाई प्रक्षेपणको लागि अनुमति दिईएको थियो ।
नयाँ अनुमतिका साथमा अब वनवेबले अमेरिकामा कुल २ हजार स्याटेलाइटहरु राख्न सक्नेछ । वनवेबले २०१७ मा अतिरिक्त अन्तरिक्ष स्याटेलाइटको लागि आवेदन दिएको थियो।
यसले अन्तरिक्षदेखि पृथ्वीसम्म ३७.५ देखि ४२ गीगाहर्ज, ४७.२ देखि ५१.४ गीगाहर्ज पृथ्वीदेखि अन्तरिक्षसम्म, र ५०.४ देखि ५१.४ गीगाहर्ज पृथ्वीदेखि अन्तरिक्षसम्म फ्रिक्वेन्सी ब्यान्डहरु कभर गर्नेछ । नयाँ अनुमतिका साथमा थप स्पेक्ट्रम अधिकारहरू पनि यसको अवस्थित अधिकारमा बिस्तार गरिएको छ।
कम्पनीले ती स्याटेलाइटहरुमार्फत स्याटेलाइटमा आधारित ब्रोडब्यान्ड सेवाहरू विश्वभरका ग्राहकहरुसम्म पुर्याउन प्रयोग गरिने योजना लिएकोछ।
एफसीसी नियमअनुसार कम्पनीले कम्तीमा ५० प्रतिशत उडान र स्याटेलाइट प्रक्षेपण आगामी छ वर्ष भित्र र बाँकी ९ बर्ष भित्र पूर्र स्याटेलाइट सञ्जाल शुरु गर्नुपर्नेछ।
२०१७ मा आवेदनपछि, कम्पनीले अमेरिकामा अझ ठूलो अधिकारको लागि अनुरोध गरेको छ, जुन अझै अनुमति पाउने चरणमा नै छ। एजेन्सीका साथ
प्रकाशित: १६ भाद्र २०७७, मंगलवार