अब बाटोमा गुड्ने होईन् आकाशमा उड्ने कार आउँदै, जापानमा गरियो सफल परीक्षण

Technology Khabar १५ भाद्र २०७७, सोमबार

अब बाटोमा गुड्ने होईन् आकाशमा उड्ने कार आउँदै, जापानमा गरियो सफल परीक्षण
Global IME Bank

काठमाडौं ।

जापानको स्काइड्राइभ इंक (SkyDrive Inc.) नामको कम्पनीले भर्खरै आफूले उत्पादल गरेको उड्ने कारको सफल परीक्षण गरेको छ।

थुप्रै कम्पनीहरु केही समययता उड्ने कारको विकास गर्न लागि परिरहे पनि सम्भव हुन सकेको थिएन। तर स्काइड्राइभको यो परीक्षणसँगै छिट्टै उड्ने कार सर्वसाधारणको पहुँचमा आउने निश्चित भएको छ।

कम्पनीले अनलइन पत्रकार सम्मेलन गर्दै कार उडेको भिडियो प्रस्तुत गरेको थियो। भिडियोमा कार साढे ६ फिट माथिसम्म उडेको देखिएको थियो। उक्त कार एउटा निश्चित क्षेत्रमा झण्डै ४ मिनेटसम्म हावामा उडिरहेको थियो।

स्काइड्राइभको यो प्रोजेक्टका प्रमुख तोमोहिरो फुकुजावाका अनुसार सन २०२३ सम्म उड्ने कारको अन्तिम स्वरुप तयार भएर उत्पादनमा आउने आशा गरिएको छ। कार बनाउनुभन्दा यसको सुरक्षाका उपायहरु निश्चित गर्नु कम्पनीका सामु ठूलो चुनाैती भएको छ।

पत्रकार सम्मेलनमा तोमोहिरो फुकुजावाकाअनुसार विश्वभरमा उड़ने कार बनाउन एक सयभन्दा धेरै कम्पनी काम गरिरहेका छन्। कतिपय कम्पनीले त एकजना राखेर उड़ान परीक्षणमा सफलता पनि पाइसकेका छन्।

उनले उड़ने कार चलाउन थुप्रै व्यक्ति लालायित भएको र कार उडाइरहँदा सुरक्षित महसुस गर्न चाहेको बताए।

कार आधा घण्टासम्म आकाशमा उड्न सक्छ

तोमोहिरोका अनुसार अहिले यो कार ५ वा १० मिनेट उडे पनि यो समय बढाएर ३० मिनेटसम्म पुर्याउन सकिनेछ र चीन लगायतका देशमा निर्यातसमेत गर्न सकिनेछ।

कारको प्रोजेक्टमा लगानी गर्ने कम्पनीहरु

स्काइड्राइव सन २०१२ मा एउटा स्वैच्छिक परियोजनाका रुपमा अगाडि बढाइएको थियो। यस प्रोजेक्टमा जापानको अटोमोबाइल कम्पनी टोयोटा मोटर कर्प, इलेक्ट्रोनिक कम्पनी पानासोनिक कर्प तथा भिडियो गेम कम्पनी बान्डाई नाम्को (Bandai Namco) ले लगानी गरेका छन्।

तीन वर्ष पहिले गरिएको यो कारको परीक्षण असफल भएको थियो। यो प्रोजेक्टका लागि विभिन्न कम्पनीबाट हालै ३.९ बिलियन डलर (झण्डै ४ अर्ब ४२ करोड़ नेपाली रुपैयाँ) लगानी पनि प्राप्त भएको थियो। एजेन्सी

Sajilo Visa

प्रकाशित: १५ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया