Technology Khabar १५ भाद्र २०७७, सोमबार
निजी क्षेत्रको मोबाइल अपरेटर स्मार्ट टेलिकम प्रालिले हालै आफ्नो सेवाको ब्यालेन्स वा रिचार्ज इसेवामार्फत गर्दा क्यासब्याक दिने अफर ल्याएको छ ।
कम्पनीले हालै स्मार्ट ब्यालेन्स नाममा इसेवाबाट टप अप गरेको खण्डमा ५ प्रतिशतसम्म क्यासब्याक दिने भएको हो ।
कम्पनीले यसमा २ प्रतिशत क्यासब्याक बापतको रकम र बाँकी ३ प्रतिशत क्यासब्याक प्रोमोकोड प्रयोग गरेको खण्डमा सेवाग्राहीहरुलाई उपलब्ध गराउने जनाएको छ ।
यसको लागि सेवाग्राहीले अंग्रेजीमा प्रोमोकोड ‘SMART’ राखेर टपअप गर्नुपर्नेछ ।
कम्पनीले सामाजिक संजालमार्फत सार्वजनिक गरेको अफरका लागि कम्तिमा २०० रुपैयाँ भन्दा अधिक रकमको टपअप गर्नुपर्ने शर्त राखिएको छ ।
Use Smart promo code to Top up your Smart balance from Esewa and get 5%cash back from recharge of RS. 200 and more! To recharge visit: https://t.co/GlljQ7GUfS
*Terms and conditions apply. #smart #topup #recharge #thenetworkthatgivesyoumore pic.twitter.com/Fg651yg8QI— Smart (@SmartCellNepal) August 31, 2020
कम्पनीले यसअघि पनि विभिन्न डाटा प्याक सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित: १५ भाद्र २०७७, सोमबार