५जी कोर नेटवर्कको आम्दानी सन् २०२० मा १ अर्ब डलर पुग्ने, ह्वावे र जेडटीईको वर्चश्व रहने

Technology Khabar १४ भाद्र २०७७, आईतवार

५जी कोर नेटवर्कको आम्दानी सन् २०२० मा १ अर्ब डलर पुग्ने, ह्वावे र जेडटीईको वर्चश्व रहने

काठमाडौं ।

चिनियाँ कम्पनीहरु ह्वावे र जेडटीईले विश्व बजारमा ५जी कोर नेटवर्कको नेतृत्व गर्ने हालै सार्वजनिक एक अन्तराष्ट्रिय प्रतिवेदनले उल्लेख गरेको छ ।

डेल ओरो ग्रुपले भर्खरै निकालेको प्रतिवेदनअनुसार २०२० मा ५जी टेलिकम सञ्चालकहरुले ५जी कोर नेटवर्क विस्तार गर्न थालेपछि यो बजार सन् २०२१ मा अझै बृहत् हुनेछ। यसका साथै आम्दानीमा पनि वृद्धि हुँदै जानेछ।

२०२० को दोस्रो त्रैमासिकमा समग्र कोर नेटवर्कको आम्दानीमा ५जी कोर नेटवर्कको योगदान १५ प्रतिशत रह्यो। अनुसन्धान संस्था डेल ओरोका अनुसार चिनियाँ ५जी कम्पनीका कारण ५जी को विश्वव्यापी राजस्व बढेको हो।

डेल ओरोको प्रतिवेदनमा उल्लेख गरिएको अर्को मननयोग्य बुँदा भनेको सन् २०२० को दोस्रो त्रैमासिकमा नेटवर्क फंशन भर्चुअलाइजेशन ५० प्रति सातासम्मले बढेको थियो।

यो पहिलो त्रैमासिक हो र सेवा प्रदायकहरुले ५जी कोर नेटवर्कको राजस्वका बारेमा रिपोर्ट गरिरहेका छन्। यही अवधिमा राजस्वको स्थिति अनपेक्षित रुपमा बलियो पाइएको छ।

२०२० को दोस्रो त्रैमासिकमा ५जी कोर नेटवर्क सप्लायरका रुपमा ह्वावे र जेडटीई क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर योगदान पुर्‍याइरहेका छन्।

‘माभेनिर पनि ५जी राजस्वका मामलामा अब्बल देखिएको छ,’ डेल ओरो ग्रुपका अनुसन्धान निर्देशक डेभिड बोलनले भने, ‘५जी कोर नेटवर्क विस्तारको क्षेत्रमा २०२० को दोस्रो त्रैमासिकमा द्रुत गतिमा काम भइरहेको छ। टि मोबाइलले हालै आफ्नो ५जी स्याण्डअलोन नेटवर्क शुरु गरेको छ र यसले सिस्का र नोकिया पनि आफ्ना ५जी कोर नेटवर्क सप्लायरहरु रहेको बताएको छ।’

अन्य टेलिकम सञ्चालकहरुले सन २०२० को उत्तरार्द्धमा देशभर ५जी स्ट्याण्डर्ड एक्सेस नेटवर्क लञ्च गर्नेछन्। यसमा चीनका तीन मुख्य टेलिकम सञ्चालकहरु रहनेछन्।

तिनीहरुको कोर नेटवर्क प्रोभाइडर भने ह्वावे, जेडटीई, एरिक्सन र नोकिया हुनेछन्। दक्षिण कोरियाका टेलिकम सञ्चालकहरुले पनि यस वर्ष ५जी नेटवर्क शुरु गर्नेछन्।

५जी स्ट्याण्डर्ड एक्सेस यो वर्षको उत्तरार्द्धमा शुरु हुनेछ र एरिक्सन, नोकिया तथा सामसङ तिनीहरुका ५जी कवर नेटवर्क सप्लायर हुने अपेक्षा गरिएको छ। एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: १४ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार