डिशहोमले सिनेमाघर ५५५ संचालनमा ल्याउने, घरमा नै बसेर सिनेमाहलको अनुभव लिन सकिने

Technology Khabar १४ भाद्र २०७७, आईतवार

डिशहोमले सिनेमाघर ५५५ संचालनमा ल्याउने, घरमा नै बसेर सिनेमाहलको अनुभव लिन सकिने

काठमाडौं ।

विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले संचालन गरिरहेको छ । पे पर भ्यू सेवा मार्फत न्युनतम मुल्यमा घरमा नै बसेर नयाँ नेपाली सिनेमा परिवारसंग बसेर हेर्न सकिने सिनेमाघर च्यानल कम्पनीले सञ्चालन गरिरहेको छ।

डिशहोमले सिनेमाघर च्यानल नं. १०८ र ८८८ सफलताका साथ संचालन गरिरहेको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले सिनेमाघर ५५५ संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

यही भदौ १९ गते शुक्रबारदेखि सिनेमाघर च्यानल नम्बर ५५५ मा आर्यन सिग्देल, मिरूना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ आदी अभिनित तथा साम्तेन भुटिया निर्देशित हाँस्यप्रधान रमाइलो चलचित्र “चच हुई” प्रदर्शन हुने कम्पनीले जानकारी दिएको छ।

सिनेमाहलका पहुँच नभएका दूरदराजका ग्राहकहरुले अव छानी-छानी नयाँ नयाँ नेपाली सिनेमा सपरिवारसंगै बसेर सजिलै हेर्न पाउने भएका छन् ।

आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने बताईएको छ।

सिनेमाघरले सुरुवात वाट नै ग्राहकहरुको माया पाएको थियो जसको उदाहरण सुरुवातमानै प्रदर्शनमा आएको धुम २ सिनेमाले गरेको उल्लेख्य व्यापारले प्रमाणित गरेको थियो । सिनेमाघरले दूरदराजमा रहेका र सिनेमाहलको पहुँच नभएका ग्राहकका लागी नयाँ सिनेमा हेर्न सहज बनाएको छ । विभिन्न समयमा प्रदर्शनमा आएका सिनेमाहरु रुद्र प्रिया, जय भोले, दालभात तरकारी, पोइ पर्यो काले, छ माया छपक्कै, कबड्डी कबड्डी कबड्डी, रातो टिका निधारमा, घामड सेरे, आमा, ए मेरो हजुर ३, छक्का पञ्जा ३, कोपिलाले उत्कृष्ट व्यापार गर्न सफल भयो । जसका कारण ग्राहकलाई मनोरञ्जन र चलचित्र निर्माताहरुलाई थप आम्दानीको वाटो थपिएको बताएको छ ।

डिशहोमले सिनेमाघरमा प्रदर्शन हुने चलचित्रको सुरक्षा लाई पनि विशेष ध्यान दिने गर्दछ सिनेमाघरमा प्रदर्शनमा आएका चलचित्रको पाइरेसी हुन नदिनका लागी चलचित्र अन्य माध्यम माफर्त रेकर्ड भएको पाईएमा सेट टप वक्स ट्रयाक गर्ने सिस्टमको विकास समेत गरेको छ ।

विगत १० वर्ष देखी डिश मिडिया नेटवर्क लिमिटड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसंगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: १४ भाद्र २०७७, आईतवार