अनलाइनबाटै सोह्र श्राद्ध गर्ने व्यवस्था गर्न तिलोत्तमा नगरपालिकाको आग्रह

Technology Khabar १३ भाद्र २०७७, शनिबार

अनलाइनबाटै सोह्र श्राद्ध गर्ने व्यवस्था गर्न तिलोत्तमा नगरपालिकाको आग्रह
Classic Tech
Nepal Telecom

देशभर कोभिड-१९ को संक्रमणले अनलाइन सेवा तथा विद्युतीय सेवाको तिब्र प्रयोग बढिरहेको छ ।

अहिलेसम्म हामीले अनलाइन कक्षा, अनलाइन किनमेल, अनलाइन भुक्तानी, अनलाइन पुजा, लगायतका विषयहरु सुन्दै आएका छौं तर अब अनलाइन सोह्र श्राद्ध आएको छ ।

हालै रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले आगामी भदौ १७ देखि सुरु हुने सोह्र श्राद्धको कार्य अनलाइनबाटै गर्नआग्रह गरेको छ ।

नगरपालिकाले सार्वजनिक सूचना नै प्रकाशित गरेर अनलाइनबाटसोह्र श्राद्ध गर्न भनेको हो ।

कोभिड १९ को संक्रमण समुदायस्तरमा बढ्दै गएपछि अनलाइनबाटै सुरक्षित रूपमा सोह्र श्राद्ध सम्पन्न गर्न नगरपालिकाले आग्रह गरेको हो।

नगरपालिकामा कोभिड १९ को संक्रमणबाट नगरबासीहरुलाई बचाउन अनलाइन सोह्र श्राद्धको कार्य गर्न सबैसँग आग्रह गरेको हो ।

यसका साथै नगरपालिकाले गुरु पुरोहितहरुलाई समेत बैकल्पिक तथा विद्युतीय माध्यमबाट सोह्र श्राद्धको कार्य गर्न गराउने विषयमा परामर्श गर्न र वैकल्पिक विधिमार्फत गराउन भनेको छ ।

‘यसपटक विशेष परिस्थितीका कारण यथासक्य वैकल्पिक तरिकाले भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्ने/गराउने व्यवस्था मिलाउने’ नगरपालिकाको सूचनामा भनिएको छ ।

यसका साथै त्यस्ता सामूहिक कार्यहरुमा सकेसम्म परिवार भन्दा बाहिरका आफन्तहरुलाई सहभागी नगराउन समेत अनुरोध गरेको छ ।

TK Viber

प्रकाशित: १३ भाद्र २०७७, शनिबार

Comments are closed.

Loading...