ईकमर्श कम्पनी अमेजन वेयरेबल डिभाइस बजारमा प्रवेश, ल्यायो फिटनेस ट्र्याकिङ्ग ब्याण्ड ‘हेलो’

Technology Khabar १२ भाद्र २०७७, शुक्रबार

ईकमर्श कम्पनी अमेजन वेयरेबल डिभाइस बजारमा प्रवेश, ल्यायो फिटनेस ट्र्याकिङ्ग ब्याण्ड ‘हेलो’
Classic Tech

ईकमर्श कम्पनी अमेजन अब वेयरेबल डिभाइसको बजारमा प्रवेश गरेको छ।

सदस्यता सेवा र स्मार्टफोन अनुप्रयोगको साथ बिहीबार कम्पनीले स्वास्थ्य सेवा र फिटनेस ट्र्याकिङ्गको लागि एक रिस्टब्याण्ड पेश गर्यो जसलाई ‘हेलो’ भनिन्छ।

यो बजारमा हाल एप्पल वाच र फिटबिटका उपकरणहरू छन् । फिटबिट अल्फाबेटको गूगलद्वारा अधिग्रहणका लागि नियामक स्वीकृतिको पर्खाइमा छ।

अमेजनको हेलो प्रोडक्टले यी पुरानो फिटनेस ट्र्याकिङ्ग उपकरणहरूमा नभएको सुविधाहरू ल्याएको छ जुन कहिले मेनस्ट्रिमको पहिरनयोग्य उपकरणमा कहिल्यै देखिएको छैन ।

यसमा प्रयोगकर्ताहरुको स्वर सुनेर प्रयोगकर्ताको भावनात्मक अवस्था ट्र्याक गर्दछ र अर्को काम भनेको प्रयोगकर्ताको ‘बडि फ्याट ‘रेसियोको आधारमा उनीहरुको शरिरको ‘थ्री डाइमेन्सनल रेण्डरिङ्ग’ तयार पार्दछ ।

यो अमेजनको हार्डवेयर व्यवसायको लागि नयाँ प्रस्थान हो, जसले पहिले ईको स्मार्ट स्पिकरहरू र फायर टिभी स्ट्रिमिङ्ग भिडियो यन्त्रहरू जस्ता इन होम डिभाइसहरुमा केन्द्रित थिए।

अमेजनले गत वर्ष यसको वार्षिक हार्डवेयर इभेन्ट केही पहिरिनयोग्य यन्त्रहरू देखाएकोे थियो ।

यो एप्पल वाच भन्दा निकै फरक छ भने फिटबिटका ब्याण्डहरु जस्तै देखिन्छ । अमेजनको यो नयाँ डिभाइस एलईडी लाइट र दुई माइक्रोफोनसहित स्क्रिन बिना नै साधारण डिजाइनमा आएको छ ।

यसले प्रयोगकर्ताको चाल, हर्ट रेट, निद्राका चरणहरू र सुतिरहेको बेलामा छालाको तापक्रम तथा ट्र्याक गर्दछ। यसमा राखिएको ब्याट्रीले सात दिनसम्म डिभाइस चलाउन सक्दछ ।

यो डिभाइस  किन्नका लागि ग्राहकले ६४.९९ अमेरिकी डलर तिर्नुपर्नेछ भने किनेको ६ महिनापछि मासिक ३.९९ अमेरिकी डलर सेवा शुल्क भुक्तान गर्नुपर्नेछ । एजेन्सीका साथ

प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

Comments are closed.

Loading...