नेपाल प्रहरीको मोबाइल एप ‘नेपाल पुलिस’ पहिलो पटक गण्डकी प्रदेशमा शुरु

Technology Khabar १२ भाद्र २०७७, शुक्रबार

नेपाल प्रहरीको मोबाइल एप ‘नेपाल पुलिस’ पहिलो पटक गण्डकी प्रदेशमा शुरु
सांकेतिक तस्बिर
Global IME Bank

काठमाडौं ।

नेपाल प्रहरीको कामकारवाहीलाई समयानुकुल प्रविधि मैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उद्देश्य अनुरुप पाइलट परियोजनाको रुपमा बिहिबारदेखी जिल्ला प्रहरी कार्यालय, कास्कीमा नेपाल प्रहरीको मोवाईल एप “नेपाल पुलिस” सन्चालनमा आएको छ ।

सो एपको कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सुरुवात गरे ।

सो एप २४/७ मनिटरिङ गर्ने जनशक्ति सहित संचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ लाई मध्यनजर गर्दै कार्यालयको सभाहलबाट भिडियो कन्फरेन्स मार्फत पत्रकार सम्मेलन गरी सो एप सार्वजनिक गरिएको थियो ।

एप मार्फत समुदायमा घट्ने अपराधिक कृयाकलाप, अपराधिक घटनाहरु तथा सुचनाहरुलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्नुका साथै कास्की जिल्लाको समग्र रुपमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सुचनाको माध्यम ‘नेपाल प्रहरीको मोवाईल एप’ गण्डकी प्रदेशकै पहिलो पटक शुरु गरिएको बताईएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्राविधिक प्रहरी निरीक्षक गजेन्द्र आचार्यले मोवाईल एप सम्बन्धी जानकारी दिएका थिए ।

यसैबिच जिल्ला भरका सम्बेदनशिल स्थानमा जडान भएका र भविश्यमा थप जडान गरिने सीसीटिभीको मनिटरिङ्गको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा ‘एकिकृत मनिटरिङ कक्ष’ सहिको भवन निर्माण कार्य सुरु गरिएको कार्यालयले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार