टिकटक किन्न माइक्रोसफ्टसँग सहकार्य गर्दै अमेरिकी रिटेल चेन कम्पनी वालमार्ट

Technology Khabar १२ भाद्र २०७७, शुक्रबार

टिकटक किन्न माइक्रोसफ्टसँग सहकार्य गर्दै अमेरिकी रिटेल चेन कम्पनी वालमार्ट
Classic Tech

अमेरिकी रिटेल चेन कम्पनी वालमार्ट माइक्रोसफ्टका साथ टिकटक खरिदका लागि कुराकानी गरिरहेको छ । कम्पनीले आफू माइक्रोसफ्टको साथ टिकटकको लागि बिड लगाईरहेको बताएको छ।

कम्पनीले समेत लोकप्रिय छोटो भिडियो शेयरिङ्ग अनुप्रयोग खरीद गर्नमा रुचि राखेकोछ।

यो समाचार आएसँगै वालमार्ट सेयरहरू ५ प्रतिशत भन्दा बढि वृद्धि भएका छन्।

टिकटकले अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्यूजील्याण्ड अपरेसनहरू बेच्न विभिन्न कम्पनीहरुसँग छलफलमा रहेको छ । यसको मूल्य २० अर्ब डलरदेखि ३० अर्ब डलरको दायरामा हुने अमेरिकी न्यूज च्यालन सिएनबिसीको रिपोर्टमा उल्लेख छ ।

‘यसले अझै क्रेता छनौट गरेको छैन, तर आगामी दिनमा सम्झौताको घोषणा गर्न सक्छ,’ स्रोतहरुलाई उदृत गर्दै आएको रिपोर्टमा उल्लेख छ।

वालमार्टको पुष्टिकरणको साथ, यो दौडमा ओर्याकल लगायत अरू धेरै कम्पनीहरुसँगको बिडिंग प्रतिस्पर्धामा वालमार्ट समेत सामेल भएको छ।

वालमार्टले अमेजनसँग राम्रो प्रतिस्पर्धा गर्न कोशिस गर्दैछ। यसले चाँडै वालमार्ट प्लस नामको सदस्यता कार्यक्रम सुरू गर्ने योजना बनाएको छ। सदस्यता आधारित सेवा यस रिटेलरको अमेजन प्राइम जवाफ हो, जसमा मूल टिभि कार्यक्रमहरू र चलचित्रहरू समावेश छन्।

वालमार्टले भन्यो- टिकटकको ई-कमर्स र विज्ञापनको एकीकरण ‘ती बजारहरूमा सिर्जनाकर्ताहरू र प्रयोगकर्ताहरूको लागि स्पष्ट लाभ हो।’

तर यसले कसरी टिकटक प्रयोग गर्ने वा यो वालमार्ट प्लसको भाग हुनेछ भनेर बताएको छैन्।

‘हामी विश्वस्त छौं कि वालमार्ट र माइक्रोसफ्टको साझेदारीले अमेरिकी सरकार नियामकहरुका चिन्ताहरुलाई सन्तुष्ट पार्दै यूएसका टिकटक प्रयोगकर्ताहरुको दुबै अपेक्षा पूरा गर्नेछ,’ वालमार्टले एक विज्ञप्तिमा भनेको छ।

वालमार्टले २ वर्षअघि माइक्रोसफ्टको क्लाउड सेवा ५ वर्षसम्म प्रयोग गर्न सम्झौता गरेको थियो ।

प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

Comments are closed.

Loading...