भारत र चीन सीमा तनाबको असरः चिनियाँ ईकमर्श कम्पनी अलीबाबाले भारतमा थप लगानी नगर्ने

Technology Khabar ११ भाद्र २०७७, बिहीबार

भारत र चीन सीमा तनाबको असरः चिनियाँ ईकमर्श कम्पनी अलीबाबाले भारतमा थप लगानी नगर्ने

काठमाडौं ।

भारत चीन सीमामा तनाव भएसँगै भारतमा चीनको बिरूद्ध वातावरण छ। भारतीय सरकारले चिनियाँ व्यापार र लगानीमा विभिन्न प्रकारका कडा कदमहरु चालिरहेको छ भने विभिन्न प्रतिबन्धहरु पनि लगाइरहेको छ।

सायद यसैलाई ध्यानमा राख्दै, चीनको अग्रणी ईवाणिज्य कम्पनी अलीबाबाले भारतमा लगानी योजनालाई अहिलेको लागि रोकेको छ।

अझ महत्वपूर्ण कुरा अलीबाबाले धेरै भारतीय स्टार्टअपहरूमा लगानी गरेको छ। समाचार एजेन्सी रोयटर्सकाअनुसार अब अलीबाबाले कम्तिमा अर्को ६ महिना भारतमा लगानी नगर्ने निर्णय गरेको छ।

यद्यपि कम्पनीको आफ्नो हालको अवस्थित लगानी घटाउने वा बाहिर निकाल्ने कुनै योजना छैन।

यो चाखलाग्दो कुरा हो कि चिनियाँ कम्पनी अलीबाबा र यसका सहायक कम्पनीहरू अलीबाबा क्यापिटल पार्टनर्स र एन्ट ग्रुपले २०१९देखि भारतीय कम्पनीहरूमा २ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गरिसकेका छन।

बजार वित्त बारे अनुगमन गर्ने कम्पनी पिचबुकका अनुसार अलिबाबा समूहले भारतमा थप १.८ अर्ब अर्ब डलर लगानी गर्ने तयारी गरिरहेको थियो।

नयाँ लगानी रोकिएसँगै भारतका विभिन्न कम्पनीहरूको लगानीमा प्रभाव पार्न सक्नेछ ।

अलीबाबा समूहले भारतका पेटीएम, जोमाटो, बिगबास्केट जस्ता धेरै कम्पनीहरूमा लगानी गरेको छ र अब अलीबाबाले यी कम्पनीहरूमा कुनै नयाँ लगानी गर्ने छैन। पेटीएमको मालिक कम्पनी वन९७ कम्युनिकेशन्समा अलीबाबा समूहको एन्ट ग्रुपको ३० प्रतिशत हिस्सा छ।

भारतीय सरकारले चीनबाट आउने लगानीलाई कडा बनाएको छ र देशको सीमामा पर्ने देशहरुबाट आउने लगानी सरकारको स्वीकृति बिना आउन नसक्ने नियम बनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ११ भाद्र २०७७, बिहीबार

ताजा समाचार