अन्तरिक्ष उड्ययन सम्बन्धि औपचारिक अध्ययन अब नेपालमै हुने, पुल्चोक क्याम्पसलाई अनुमति

Technology Khabar ११ भाद्र २०७७, बिहीबार

अन्तरिक्ष उड्ययन सम्बन्धि औपचारिक अध्ययन अब नेपालमै हुने, पुल्चोक क्याम्पसलाई अनुमति
NTC_Advt

अब नेपालमै अन्तरिक्ष उड्ययन र हवाई उड्ययन सम्बन्धित अध्ययन अध्यापन शुरु हुने भएको छ ।

सरकारले एरोस्पेस विषय अध्यापन गराउन अनुमति दिएसँगै नेपालमै शुरु हुने भएको हो ।

गत मंगलबार भदौ ९ गते बसेको मन्त्रीपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसलाई सो विषय अध्ययन अध्यापन गराउन दिने अनुमति दिएको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस, पुल्चोकलाई स्नातक तहमा बि.ई. एरोस्पेस विषय अध्यययन अध्यापनको अस्थाई अनुमति दिएको हो ।

सो बारेमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमा आज जानकारी दिए ।

यो अनुमतिसँगै अब नेपालमा पनि अन्तरिक्ष उड्डयन र हवाई उड्डयन सम्बन्धि अध्ययन अनुसन्धान शुरु हुने भएको हो ।

हाल यस्तो विषय औपचारिक अध्ययनको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ। अन्तरिक्ष अध्ययन र अनुसन्धान,अन्तरिक्ष यान र रकेट प्रक्षेपण तथा स्याटेलाइट अन्तरिक्षमा राख्ने लगायतका विषयहरु यसमा समेटिन्छन् ।

प्रकाशित: ११ भाद्र २०७७, बिहीबार