विवाद र दबाबका बिच टिकटकका सीईओ केभिन मेयरद्धारा राजीनामा

Technology Khabar ११ भाद्र २०७७, बिहीबार

विवाद र दबाबका बिच टिकटकका सीईओ केभिन मेयरद्धारा राजीनामा
Classic Tech

चिनियाँ छोटो भिडियो शेयर गर्ने अनुप्रयोग टिकटक निकै लामो समयदेखि समाचारको केन्द्रमा रहेको छ । कम्पनीलाई भारतमा प्रतिबन्ध र अमेरिकाले समेत प्रतिबन्ध गर्ने घोषणा गरेसँगै समस्यामा समेत छ ।

हालै आएको रिपोर्टअनुसार टिकटकका सीईओ केभिन मेयरले पदभार ग्रहण गरेको तीन महिनापछि राजीनामा गर्ने निर्णय गरिसकेका छन।

यसै वर्ष मे महिनामा डिज्नी स्ट्रिमि याको प्रमुखको रूपमा राजीनामागरेसँगै केभिन मेयर १ जूनमा बाइटान्सको स्वामित्वको अनुप्रयोग टिकटकमा सामेल भएका थिए।

सीएनबीसीको रिपोर्टअनुसार टिकटककी महाप्रबन्धक भेनेसा पप्पसलाई तत्काल लागू हुनेगरेर कम्पनीको अन्तरिम सीईओ नियुक्त गरिएको छ।

मेयरले टिकटक र बाइटडान्सका कर्मचारीहरूलाई आफ्नो निर्णयको बारेमा जानकारी दिईसकेका छन् । मेयरले आफ्नो राजीनामा पेस गर्दै लेखेको पत्रमा कम्पनीको संरचनामा धेरै परिवर्तनले उनलाई राजीनामा गर्न बाध्य तुल्याएको बताएका छन् । उनले यो निर्णय भारी हृदयले लिएको जानकारी दिएका छन्।

‘हालका हप्ताहरूमा, राजनीतिक वातावरण द्रुत रूपमा परिवर्तन भएको छ, मैले कर्पोरेट संरचनात्मक परिवर्तनहरूको आवश्यकता अनुसार काम गरेको छु र मलाई दिईएको विश्वव्यापी भूमिकाको अर्थ के हो भन्नेमा महत्वपूर्ण प्रतिबिम्ब गरेको छु।’ मेयरले पत्रमा भनेका  छन् ।

पछिल्लो दिनमा टिकटक अमेरिकी व्यवसाय बेच्नको लागी दबाबमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् कि यदि टिकटकले अमेरिकामा व्यवसाय गर्नुपरेमा उनले चीनसँगको सम्बन्ध तोड्नुपर्नेछ।

यसका साथै यदि टिकटकले अमेरिकामा काम गर्नुछ भने उसले आफ्नो व्यवसाय अमेरिकी कम्पनीमा दिनुपर्नेछ। यसका लागि टिकटककलाई ९० दिनको म्याद दिइएको छ । एजेन्सीका साथ

यो  पनि हेर्नुस्-

टिकटकको प्रयोग नेपालमा ह्वात्तै बढ्यो, ब्याण्डविथ व्यवस्थापनको चिन्तामा इन्टरनेट सेवा प्रदायकहरु

प्रकाशित: ११ भाद्र २०७७, बिहीबार

Comments are closed.

Loading...