वर्ल्डलिङ्कका इन्टरनेट सेवाग्राही सबैभन्दा धेरै, दोस्रोमा नेपाल टेलिकम र एनसेल पाँचौं स्थानमा

Technology Khabar १० भाद्र २०७७, बुधबार

वर्ल्डलिङ्कका इन्टरनेट सेवाग्राही सबैभन्दा धेरै, दोस्रोमा नेपाल टेलिकम र एनसेल पाँचौं स्थानमा
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको कार्यालय जावलाखेलमा रहेको कम्पनीको लोगो र स्लोगन। फाइल तस्बिर

काठमाडौं ।

नेपालका इन्टरनेट प्रयोगकर्ताहरुमध्ये सबैभन्दा धेरैले वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडको इन्टरनेट सेवा प्रयोग गर्ने गरेको देखिएको छ।

एसिया प्यासेफिक नेटवर्क ईन्फरमेशन सेन्टर (एप्निक) ले गरेको एक अध्ययनअनुसार नेपालका सबै दूरसञ्चार सेवा प्रदायकहरु मध्ये वर्ल्डलिङ्कका प्रयोगकर्ताहरु अधिक रहेको उल्लेख छ ।

एप्निकको तथ्याङ्क अनुसार नेपालका ३५.४१ प्रतिशत प्रयोगकर्ताहरु अर्थात करिब १८ लाख १९ हजार ६२५ प्रयोगकर्ताले वर्ल्डलिङ्क कम्युनिकेशन्सको इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।

प्रयोगकर्ताको संख्याको आधारमा वर्ल्डलिङ्क विश्वका सेवा प्रदायकहरु मध्ये २८९ औं स्थानमा रहेको छ । विश्वभर २६ हजार ४१८ सेवाप्रदायकहरु सूचीमा समावेश रहेका छन् ।

नेपालका ५३ वटा संस्थाहरु तथा ४८ वटा दूरसञ्चार सेवा प्रदायक समेटिएको सो तथ्या‌ंकमा सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दोस्रो स्थानमा रहेको छ । टेलिकमका १३.९४ प्रतिशत प्रयोगकर्ता अर्थात ७ लाख १६ हजार ३९७ सेवाग्राही रहेका छन् ।

साे सूचीको तेस्रो स्थानमा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालि रहेको छ । तथ्या‌ंककाअनुसार सुबिसुसँग १०.९४ प्रतिशत प्रयोगकर्ता अर्थात ५ लाख ६२ हजार ३९४ सेवाग्राही रहेका छन् ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजीयाटा लिमिटेडले दुई लाख ८७ हजार ५८० सेवाग्राही अर्थात ५.६ प्रतिशतसहित पाँचौं स्थानमा छ ।

छैठौंमा क्लासिक टेकको ४.९ प्रतिशत अर्थात दुई लाख ५१ हजार ७९० र सातौं स्थानमा टेकमाइण्डस नेटवर्कका ४.८८ प्रतिशत अर्थात २ लाख ५० हजार ७४७ प्रयोगकर्ता रहेका छन् ।

एप्निकको यस सूचीमा वेबसर्फरका एक लाख ९४ हजार २४ सेवाग्राहीसहित आठौं नम्बर र ब्रोडलिङ्कका एक लाख २१ हजार १४ प्रयोगकर्ताहरुसहित नवौं नम्बरमा रहेको छ ।

दशौं स्थानमा अर्को निजी मोबाइल अपरेटर स्मार्ट टेलिकम रहेको छ जसको प्रयोगकर्ताहरु १ प्रतिशत भन्दा पनि कम छन् । बाँकी अन्य सेवा प्रदायकका ग्राहकहरु समेत  एक प्रतिशतभन्दा कम रहेका छन् ।

सो सूचीको अन्तिम स्थानहरुमा नेपाल प्रहरी सरकारी निकायहरु र कान्तिपुर पब्लिकेसन समेत रहेको छ ।

एप्निकले गूगल एडको माध्यमबाट प्रयोगकर्ताको संख्या एकिन गर्दै आएको छ । संस्थाले यसरी संकलित तथ्याङ्कलाई साप्ताहिक रुपमा सूचीमा समावेश गर्ने गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १० भाद्र २०७७, बुधबार

ताजा समाचार