अर्जेन्टिनामा इन्टरनेट, मोबाइल र पे-टिभी अत्यावश्यक सेवा, शुल्क बढाउन नपाईने आदेश जारी

Technology Khabar १० भाद्र २०७७, बुधबार

अर्जेन्टिनामा इन्टरनेट, मोबाइल र पे-टिभी अत्यावश्यक सेवा, शुल्क बढाउन नपाईने आदेश जारी

काठमाडौं ।

अर्जेन्टिना सरकारले इन्टरनेट, मोबाइल र पे-टिभी सेवाहरूलाई ‘अत्यावश्यक’ घोषणा गरेको छ र अपरेटरहरुलाई वर्षको अन्त्यसम्म मूल्यवृद्धि गर्न रोक्ने  गरि ‘आवश्यकता र जरुरीता’ को एक नयाँ आदेश जारी गरेको छ।

‘हामीले महामारीले लगाएको प्रतिबन्धको सामना गर्नुपर्दा कसैलाई पनि आफ्नो आम्दानीको केही हिस्सा ती सेवाहरूमा हुने मूल्य वृद्धिको लागि त्याग्नु पर्दैन,’ राष्ट्रपति अल्बर्टो फर्नाडीजले ट्वीटमा भने, ‘सबैका लागि पहुँच सुनिश्चित ग्यारेन्टी ।’

यस वर्षको सुरूमा अर्जेन्टिनाका अपरेटरहरूले कोविड १९ प्रकोपबाट प्रभावित परिवारको बजेटलाई मद्दत गर्न अगस्टको अन्त्यसम्म फिक्स्ड र मोबाइल टेलिफोनी, इन्टरनेट र पेटिभीका मूल्यहरू स्थिर गर्ने सरकारको अनुरोधलाई स्वीकार गरेका थिए।

२०२० को अन्त्यसम्म मूल्य फ्रिजलाई प्रभावकारी रूपमा विस्तार गरिएको छ ।

दूरसंचार नियामक निकाय एनाकमले बताएअनुसार सेवा प्रदायकहरूले आफ्नो स्वीकृति बिना मूल्यहरू बढाउन असक्षम हुनेछन् । वाच डगले यो पनि भन्यो कि- महामारी र यसभन्दा पछि यस क्षेत्रको लगानी जनसंख्याको अति विपन्न वर्गमा समेत पुग्नेगरि लक्षित हुनुपर्दछ।

यद्यपि स्थानीय अपरेटरहरूले मूल्य नियन्त्रण कदमले लगानीलाई प्रतिकूल असर पार्न सक्ने बताएका छन् त्यसका साथमा जीएसएमएले एक विज्ञप्ति जारी गरी उक्त आदेशलाई प्रतिगामी र लगानीको टिकाउका लागि हानिकारक भएको वर्णन गरेको छ।

अर्जेन्टिनाको मुद्रास्फीति हाल वार्षिक आधारमा हाल ४२ प्रतिशत रहेको छ र सरकारले लगभग २,००० उपभोक्ता वस्तुहरूलाई आवश्यक पर्ने मूल्यलाई स्थिर गरिदिएको छ। एजेन्सीका साथ

easy care

प्रकाशित: १० भाद्र २०७७, बुधबार