Technology Khabar १० भाद्र २०७७, बुधबार
काठमाडौं ।
देशभर चलेको लकडाउन पछिको निषेधाज्ञामा तपाईँ आफ्नो स्मार्टफोन वा टिभीमा एचडी भिडियो हेर्न इन्टरनेटको गतिसँग संघर्ष गरिरहनु भएको छ भने अर्कोतिर लन्डनको युनिभर्सिटी कलेजले तिब्रगतिको इन्टर्नेट स्पीडको लागि विश्व कीर्तिमान स्थापित गरेको छ।
हालसालै विकसित गरिएको इन्टरनेट टेक्नोलोजीको साथ तपाईँ प्रति सेकेन्ड १७८ टेराबाइटको गतिमा डाउनलोड गर्न सक्नुहुनेछ। यो गति १,७८,००० जीबीपीएसको गति बराबर हो।
यस भन्दा पहिले विश्वको सबभन्दा द्रुत इन्टरनेट गतिको रेकर्ड १७२ टेराबाइट प्रति सेकेन्ड थियो, जुन जापानको नेशनल इन्स्टिच्युट फर कम्युनिकेसन टेक्नोलोजीले बनाएको थियो।
यदि तपाइँ प्रति सेकेन्ड १७८ टेराबाइटको गति कत्तिको चाँडो हुन्छ भन्ने बुझ्नुहुन्न भने त्यसो भए हामी तपाईलाई बताउँछौं कि यस स्पीडको साथ तपाईँ नेटफ्लिक्सको सम्पूर्ण पुस्तकालय एक सेकेन्ड भन्दा कम समयमा डाउनलोड गर्न सक्षम हुनुहुनेछ।
विश्वको पहिलो ब्ल्याक होल तस्विर सिर्जना गर्न जति डाटाहरु एकत्रित गरिएको थियो, सो डाटालाई यस गति मार्फत एक घण्टा भन्दा कममा डाउनलोड गर्न सकिन्छ। एमआईटी वेधशालामा, यो डाटा आधा टनको हार्ड डिस्कमा भण्डारण गरिएको छ।
बिजुलीको गति जस्तै यो गति प्राप्त गर्नको लागी, लण्डनका अन्वेषकहरुले अप्टिकल फाइबरमा प्रयोग गरिएको वेभलेन्थ भन्दा धेरै फराकिला वेभलेन्चहरु प्रयोग गरेका थिए। यस टोलीले अनुसन्धानको लागि १६.८ टेराहर्जको वेबलेन्थ प्रयोग गर्यो।
केहि छनौट गरिएका बजारहरूका लागि, यो वेभलेन्थ ९ टेराहर्ज (THz) बराबर हो। तपाईंले इन्टरनेट चलाउनुहुने अहिलेको ब्याण्डविथको वेबलेन्थ केबल ४.५ टेराहर्जको मात्र हुन्छ।
युनिभर्सिटी कलेज अफ लण्डनका प्राध्यापक र यसका प्रमुख लेखक डा ग्याल्डिनो विश्वास गर्दछन् कि वर्तमान कोविड-१९ को संकटले विश्वभर इन्टरनेट ट्राफिक बढाएको छ।
गाल्डिनोले भने, ‘कम लागतको डाटाको प्रवृत्तिलाई कायम राख्न नयाँ प्रविधिमा निरन्तर विकास एकदम महत्त्वपूर्ण छ किनकि भविश्यमा डाटाको माग अझ बढ्दै जानेछ।’
तर यो इन्टरनेट स्पीड अहिले नै सार्वजनिक प्रयोगमा भने आउने छैन् । किनकी यो अझै प्रयोगशालामा नै रहेकोछ । एजेन्सी
प्रकाशित: १० भाद्र २०७७, बुधबार