कार निर्माताहरूको समूहद्धारा चिप निर्माता क्वालकमको एकाधिकार विरुद्ध उजुरी

Technology Khabar १० भाद्र २०७७, बुधबार

कार निर्माताहरूको समूहद्धारा चिप निर्माता क्वालकमको एकाधिकार विरुद्ध उजुरी
Classic Tech

कार निर्माताहरू र टेक फर्महरूको एउटा समूहले अमेरिकी नियामकहरुलाई चिप निर्माता क्वालकमको बिक्री प्रक्रियाकाे विरुद्धमा कारबाही गर्न आग्रह गरेको छ।

टेस्ला, फोर्ड, होन्डा, डेमलर, इंटेल र मिडियाटेकले संघीय व्यापार आयोग (एफटीसी) लाई क्वालकमको पक्षमा हालसालै भएको अदालतको फैसलाको विरुद्धमा लडाई गर्न आग्रह गरेका छन्।

हाल क्वालकममा ग्राहकहरुलाई चिप्स बेच्नु अघि पेटेन्ट इजाजतपत्र सम्झौताहरुमा हस्ताक्षर गर्नुपर्ने ब्यबहार रहेकोछ। त्यस्ता अभ्यासहरूले कम्पनीले प्रतिस्पर्धा कमजोर हुने बताएका छन्।

मोबाइल फोन चिपहरूको विश्वको सबैभन्दा ठूलो निर्माता क्वालकमले ती दावीहरूलाई नकारेको छ।

यस महिनाको शुरूमा संयुक्त राज्य अमेरिकाको अपील अदालतले क्वालकमको बिरूद्धको मुद्धामा एउटा तल्लो अदालतको फैसलालाई उल्ट्यायो जसले मोबाइल डाटा नेटवर्कमा उपकरणहरू जडान गर्नका लागि टेक्नोलोजी बनाएको थियो।

यसका साथै अदालतले निषेधाज्ञा पनि हटायो जसमा क्वालकमले यसको पेटेन्ट इजाजतपत्र अभ्यासहरू परिवर्तन गर्न आवश्यक पर्ने थियो।

इन्टरनेटमा गाडिहरुलाई कनेक्ट गर्नको लागि अटोमेकरहरूले धेरै सवारीसाधनमा चिप्स राखिरहेका छन्, जसमा उनीहरूले संचार मानकहरू जस्तै ५जीको लागि पेटेन्ट सम्झौतामा हस्ताक्षर गर्न आवश्यक पर्दछ। कम्पनीहरूले पहिले नै तर्क गरेका थिए कि क्वालकमले यो मुद्धा जित्यो भने जडान गरिएको कारको मूल्य बढ्न सक्छ। एजेन्सी

प्रकाशित: १० भाद्र २०७७, बुधबार

Comments are closed.

Loading...