Technology Khabar ९ भाद्र २०७७, मंगलवार
काठमाडौं ।
अनलाइन कृषि बजार ईफार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई डेलिभरी सेवा दिन शुरु गरेको छ।
कोभिड-१९ संक्रमणको विषम परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको ईफार्मका संस्थापक परमेश्वर श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा आफ्नै फार्म सञ्चालन गरि ताजा तरकारी र फलफूल समेत डेलिभरी गरिरहेको छ ।
ईफार्ममा पुर्वको लेटाङ र धनकुटाका खसी, इलामको घिउ, कास्कीको अनतिको चामल र जेठोबुढोको चामल त्यस्तै जुम्लाको मार्सी चामल, तिते फापरको पिठो उपलब्ध रहेको छ ।
यसका साथै सेतो मकै, कालो चामल, स्याउको चना, सिमिको दाल, जौको च्याख्ली, कालीमार्सी चामल, चिनाको चामल, मकै, तोरीको तेल, भाग लगाएको लोकल खसीको मासु, लोकल कुखुराका साथमा स्ट्रबेरी, ब्लाकबेरी, ब्लुबेरीको उत्पादन तथा बिक्रि ईफार्मले गर्दै आएको छ।
सपिङ गर्न ईफार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर वा कम्पनीको वेबसाइट www.efarm.live मार्फत आवश्यक सामग्री अर्डर गर्न सकिन्छ ।
अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने ईफार्मले जनाएको छ । बिल तिर्न ईसेवा, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिन्छ ।
ईफार्मबाट खरिद गर्दा विदेशमा रहेका व्यक्तिले पे पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने सुबिधा रहेको ईफार्मले जानकारी दिएको छ ।
‘गाउँको कोसेली’ नारा लिएको ई फार्मले किसानलाई उचित मुल्य र ग्राहकलाई गुणस्तरिय सामान बिक्रि गर्नु आफ्नो उद्देश्य रहेको श्रेष्ठको भनाई छ।
‘हिमाली जिल्लाका खाद्य सामाग्रीहरु अर्गानिक, गुणस्तरिय र तुलनात्मक रुपमा केही महंगो हुन्छ । हामी गुणस्तरमा ध्यान दिँदै सुलभ मूल्यमा उपलब्ध गराउने अभियानमा छौं,’ श्रेष्ठले भने ।
ईफार्मले किसानसँग जोडिएका हरेक सामाग्रीहरुलाई बजार व्यवस्थापन गर्ने काम समेत गर्दै आएको जनाएको छ।
प्रकाशित: ९ भाद्र २०७७, मंगलवार