एनआईसी एशिया बैंकको ‘सुपर सिक्स योजना’, मोबाइल बैंकिङ्ग कारोबार गर्दा रू.५०० सम्म फिर्ता

Technology Khabar ९ भाद्र २०७७, मंगलवार

एनआईसी एशिया बैंकको ‘सुपर सिक्स योजना’, मोबाइल बैंकिङ्ग कारोबार गर्दा रू.५०० सम्म फिर्ता
Classic Tech

एनआईसी एशिया बैंकले विश्वव्यापी कोभिड-१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ।

यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू.५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो योजना भदौ ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम रू.१०० सम्मको कारोबार ग्राहकहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले १५ हजार भन्दा बढी क्युआर मर्चेन्टस मार्फत उत्साहजनक विद्युतीय कारोबार हुंदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहक महानुभावहरूलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको बताएको छ।

यस असाधारण समयमा ग्राहक महानुभावहरूको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ।

यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश नगरिएको बैंकले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...