टिकटकद्धारा प्रतिबन्ध लगाउने आदेशमा ट्रम्प प्रशासन विरुद्ध मुद्धा, चुनावी चाल भएको दाबी

Technology Khabar ९ भाद्र २०७७, मंगलवार

टिकटकद्धारा प्रतिबन्ध लगाउने आदेशमा ट्रम्प प्रशासन विरुद्ध मुद्धा, चुनावी चाल भएको दाबी

काठमाडौं ।

टिकटकले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि संयुक्त राज्य अमेरिकामा लोकप्रिय छोटो-भिडियो साझेदारी प्लेटफर्मलाई प्रतिबन्ध लगाउने उनको कार्यकारी आदेशको विरुद्ध मुद्दा हालेको छ।

टिकटक र उसको मूल कम्पनी बाइटडान्स लिमिटेडले व्हाइट हाउसले भने अनुसार राष्ट्रिय सुरक्षा खतरा हो भन्ने दाबी अस्वीकार गर्दै मुद्धा दायर गरेको हो।

उसले भनेको छ- ‘टिकटकका अमेरिकी प्रयोगकर्ताहरूको डाटा गोपनीयता र सुरक्षाका लागि असाधारण उपायहरू लिएको थियो ।’

टिकटक र उसको एक कर्मचारीले सो विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश विरुद्ध छुट्टाछुट्टै मुद्धा दायर गरेका हुन् ।

कम्पनीले नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति चुनावअघिको ‘चिनियाँ विरोधी बयानबाजीको व्यापक अभियान’ को हिस्साको रूपमा टिकटकलाई प्रतिबन्ध गर्ने अगस्त ६ को कार्यकारी आदेश भएको उल्लेख गरेको छ, जहाँ ट्रम्प दोस्रो कार्यकालको खोजी गरिरहेका छन्।

‘हामी सरकारलाई मुद्दा हाल्ने विषय हल्का रुपमा लिएका छैनौं,’ टिकटकले एउटा ब्लग पोष्टमा भन्यो, ‘तर एक कार्यकारी आदेशले हामीलाई अमेरिकी संचालनमा प्रतिबन्ध लगाउने धम्की दिन्छ… हामीसंग कुनै विकल्प छैन।’

टिकटकमा टेक्निकल प्रोग्राम म्यानेजर पदमा कार्यरत प्याट्रिक र्यानले पनि ट्रम्प प्रशासनलाई मुद्दा हालेका छन कि उनी र उनका १५०० सहकर्मीहरु, जसमध्ये अधिकांश रोजगार भिसामा छन्, यदि ट्रम्पको आदेश लागू गरियो भने उनीहरुले अर्को महिना आफ्नो जागिर गुमाउनेछन् ।

कम्पनीद्धारा यो पनि भनिएको छ कि प्रशासनले आफ्नो चिन्ता सम्बोधन गर्न गरेको विस्तृत प्रयासलाई वेवास्ता गरेको छ।

लस एन्जलस संघीय अदालतमा दायर गरिएको मुद्दामा ट्रम्प, संयुक्त राज्य वाणिज्य विभाग र वाणिज्य सचिव विल्बर रसलाई प्रतिवादीको रूपमा राखिएको छ। एजेन्सी

easy care

प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

ताजा समाचार