चालु आव २०७७/७८ को पहिलो महिना २ करोडको स्मार्ट वाच आयात, सबैभन्दा धेरै चीनबाट

Technology Khabar ९ भाद्र २०७७, मंगलवार

चालु आव २०७७/७८ को पहिलो महिना २ करोडको स्मार्ट वाच आयात, सबैभन्दा धेरै चीनबाट
Classic Tech

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा मात्रै २ करोड रुपैयाँ बराबरको स्मार्ट वाच आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो महिना साउनमा मात्रै सो २ करोड १ लाख २७ हजार रुपैयाँ बराबरको ७ हजार ३५० वटा स्मार्ट वाच आयात भएका हुन् ।

कोभिड-१९ को लकडाउन र महामारीको बिच अन्तराष्ट्रिय हवाई उडानको नियमित सेवा बन्द रहेको भएपनि यी सामाग्रीहरु विभिन्न मुलुकहरुबाट नेपालमा भित्रिएका छन् ।

नेपालमा आयात भएका स्मार्ट वाचहरुमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको छ । चीनबाट मात्रै ६ हजार ९९६ वटा स्मार्ट वाच आएका छन भने भियतनामबाट ३०० वटा यूनिट नेपाल भित्रिएको छ।

त्यस्तै भारतबाट ५० वटा आयात भएको छ भने अष्ट्रेलिया, इजरायल, कोरिया, यूएईबाट भने एक एक वटा आयात भएको छ । इजरायलबाट आयात भएको स्मार्ट वाचको मूल्य भने शुन्य रहेको भन्सारको तथ्यांकमा उल्लेख छ।

चालु आवदेखि सरकारले बजेटमार्फत स्मार्ट वाचमा छुट्टै राजस्व शुल्क लिने प्रावधान राखेको छ । सरकारले यो वर्षदेखि स्मार्ट वाचमा १५ प्रतिशत अन्तशुल्क दर तोकेको छ।

प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...