आजीयाटा समूह भारतीय टेलिकम बजारबाट बाहिरियो, भोडाफोन आइडियाको सबै शेयर बिक्री

Technology Khabar ८ भाद्र २०७७, सोमबार

आजीयाटा समूह भारतीय टेलिकम बजारबाट बाहिरियो, भोडाफोन आइडियाको सबै शेयर बिक्री
Global IME Bank

काठमाडौं ।

नेपालको निजी मोबाइल अपरेटर एनसेल आजीयाटा लिमिटेडको लगानीकर्ता कम्पनी मलेसियाको आजीयाटा समूहले भारतीय मोबाइल अपरेटर भोडाफोन आइडियामा रहेकाे आफ्नो शेयर बेचेको छ ।

स्थानीय शेयर बजार फाइलिङ्गका अनुसार कम्पनीले भोडाफोन आइडियामा रहेकाे शेयर बिक्री गरेको हो । यस शेयर बिक्रीसँगै आजीयाटा भारतीय बजारबाट बाहिर निस्किनेछ।

आजीयाटाले सुरुमा भोडाफोन आइडियामा ८।१ प्रतिशतको हिस्सा लिएको थियो, तर २०१९ मा आजीयाटाले भोडाफोन आइडियाको राइट शेयर नकिन्ने निर्णय गरेपछि कम्पनीको शेयर २।४८ प्रतिशतमा सीमित भएको थियो।

अझ सन् २०१९ को अन्त्यमा आजीयाटाको सेयर १ प्रतिशत मात्र रहेको थियो।

आजीयाटा सन् २००० मा आइडिया सेलुलरको २० प्रतिशत शेयर २० अर्ब अमेरिकी डलरमा खरिद गरेर भारतीय बजारमा प्रवेश गरेको थियो।

भोडाफोन इण्डियाले अगस्त २०१८ मा आइडिया सेलुलरसँग यसको मर्जर पूरा गरेको थियो। एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: ८ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया