चीनद्वारा नयाँ ‘अप्टिकल रिमोट सेन्सिङ सेटलाइट’ प्रक्षेपण

Technology Khabar ८ भाद्र २०७७, सोमबार

चीनद्वारा नयाँ ‘अप्टिकल रिमोट सेन्सिङ सेटलाइट’ प्रक्षेपण
Global IME Bank

काठमाडौं ।

चीनले टाढाबाटै स्पर्श गर्नसक्ने नयाँ ‘ अप्टिकल रिमोट सेन्सिङ सेटलाइट’ आइतबार सफलतापूर्वक प्रक्षेपण गरेको छ।

उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो।

गाओफेन–९ ०५ नामक सो उपग्रह ‘लङमार्च टुडी रकेट’ को माध्यमबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।

यस स्याटेलाइटले भू सर्वेक्षण शहरी योजना भू अधिकार सुनिश्चितता सडक संजाल डिजाइन प्राकृतिक प्रकोप नियन्त्रण लगायतको काममा प्रयोग गर्न सकिने बताईएको छ ।

उक्त बहुउपयोगी उपग्रहसँगै टिन्टुओ–५ नामको अर्को उपग्रह पनि सोही रकेटमार्फत प्रक्षेपण गरिएको चिनियाँ अधिकारीले बताएका छन्।

यो परीक्षण स्याटेलाइट एकेडेमि अफ साइन्सेजले निर्माण गरेको हो भने यसमार्फत अन्तरिक्षमा कम्युनिकेशन नेभिगेसन र रिमोट सेन्सिङ्गको परीक्षण गरिनेछ ।

आइतवारको उक्त प्रक्षेपण लङमार्च रकेट श्रृङ्खलाको ३४३ औँ प्रक्षेपण भएको बताइएको छ। सिन्हुवानेट

Sajilo Visa

प्रकाशित: ८ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया