Technology Khabar ८ भाद्र २०७७, सोमबार
काठमाडौं ।
माइक्रोसफ्ट कार्पोरेशनले आइतवार एप्पल इंकको एप्पलको डेलभपर्स टूल्सबाट ‘फोर्टनाइट’ को निर्माता कम्पनी एपिक गेम्सलाई हटाउने धम्कीले माइक्रोसफ्टको खेल व्यवसायका साथै अन्य खेल विकासकर्ताहरुलाई पनि हानि पुर्याउने अदालतमा बताएको छ ।
पछिल्लो दिनमा एप्पल र एपिक गेम्स बीचको विवादमा फाइलिङ्ग गर्दै माइक्रोसफ्टले सो बताएको हो । खेल निर्माताले आईफोन निर्माताको इन-एप भुक्तान नियमहरू उल्लंघन गरेपछि एप्पलले एपिकको नाम यसको एप स्टोरबाट हटाएको थियो।
एपिकले बताएअनुसार एप्पलले आफ्नो ‘अनरियल इञ्जिन’ नामक सफ्टवेयर कायम राख्न आवश्यक पर्ने एप्पल टूल्सको पहुँच बन्द गर्न सक्ने धम्की पनि दिएको छ जुन धेरै खेल विकासकर्ताहरूले राम्रो ग्राफिक्स बनाउनको लागि अनुमति लिने गरेका छन्।
माइक्रोसफ्टले यो कदमले कम्तिमा आफ्नो ‘फोर्जा स्ट्रीट’ नामक गेमलाई असर पुर्याउने बताएको छ, जुन गेमले आईओएस संस्करणको लागि सो इन्जिन प्रयोग गर्दछ।
माइक्रोसफ्टका गेमिङ्ग डेभलपर एक्सपेरिएन्सेजका जनरल म्यानेजर, केविन गामिलले भने, ‘माइक्रोसफ्टले अनरियल इञ्जिनमा ‘इन्टरप्राईज-वाइड’ इजाजतपत्र पाएको छ । एप्पलको यो कदमले म्याक र आईफोनका लागि खेल बनाउने अन्य गेम फर्महरूको टेक्नोलोजीको क्षमतालाई समेत बाधा पुर्याउँछ।’
यसअघि एपिक गेम्सले आफ्नो इन-एप पर्चेज नियम उलंघन गरेको भन्दै एप्पलले एप स्टोरबाट एपिक गेम्सलाई हटाएको थियो । सो निर्णय विरुद्ध एपिकले अदालतमा एप्पलका विरुद्ध मुद्धा दायर गरेको छ । एजेन्सी
प्रकाशित: ८ भाद्र २०७७, सोमबार