महिलालाई प्रविधिमैत्री बनाउन सनराइज बैंकले ल्यायो ‘नारी बचत खाता’ योजना

Technology Khabar ७ भाद्र २०७७, आईतवार

महिलालाई प्रविधिमैत्री बनाउन सनराइज बैंकले ल्यायो ‘नारी बचत खाता’ योजना

काठमाडौं ।

महिलाहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले नारी बचत खाताको सुरु गरेको छ । तीजको विशेष अवसर पाररे बैकले डिजिटल माध्यममा सेवा र सुविधाहरु प्रदान गर्न ‘नारी बचत खाता’ ल्याएको हो ।

बैंककाअनुसार नारी बचत खाता शुन्य मौज्दातमा खोल्न सकिने छ । साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुटको सुविधा पनि रहेको छ ।

केही गर्ने उद्देश्य भएका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिँदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा दुई हजारसम्मको क्यास व्याक पनि पाइने छ । स्वास्थ्य बीमा समेत समावेश रहेको यो खाता अनलाइन मार्फत पनि खोल्न सकिने बैंकले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: ७ भाद्र २०७७, आईतवार

ताजा समाचार